स्थानीय विद्यार्थीहरूका लागि सिट वृद्धिको मागमा दीपिका बसिन् 12 घण्टे भोक हड़तालमा

0
1123

दार्जीलिङ, 22 सेप्टेम्बरः दार्जीलिङ सरकारी महाविद्यालयमा प्रथम वर्षमा सिट बढ़ाउने माग गर्दै आज बिहान 10 बजीदेखि युनाइटेड स्टुडेन्ट्स फ्रण्ट प्रमुख दीपिका मुखियाले 12 घण्टे भोक हड़ताल शुरू गरिन्।

यदि यस अवधिसम्म पनि उत्तर बङ्गाल विश्‍वविद्यालयले फ्रण्टको यस मागमाथि ध्यान नदिए दीपिकाले भोलि पनि आफ्नो भोक हड़ताललाई जारी राख्ने चेताउनी दिएकी छन्।

आज बिहान 10 बजी दार्जीलिङ सरकारी महाविद्यालय बाहिर भोक हड़तालमा बसेकी दीपिकालाई प्रथम वर्षमा भर्ना हुन चाहने विद्यार्थीहरूले पनि साथ दिइरहेका छन्।

विशेषगरी कोरोना सङ्क्रमणका कारण दार्जीलिङ क्षेत्रका अधिकांश विद्यार्थीहरूले यसपालि दार्जीलिङमै नै उच्च शिक्षा गर्ने योजना बनाएका छन्, जसको फलस्वरूप दार्जीलिङ सरकारी महाविद्यालयमा प्रथम वर्षमा भर्नाका लागि आवेदन गर्नेहरूको सङ्ख्या 4 हजारभन्दा अधिक पुगेको छ।

तर महाविद्यालयले जारी गरेको पाँचौँ सूचीमा पनि अधिकांश स्थानीय विद्यार्थीको नाम पर्न सकेन। अर्थात् उनीहरूले भर्नाको मौका पाउन सकेनन्।

यसैले युनाइटेड स्टुडेन्ट्स फ्रण्टले दार्जीलिङ सरकारी महाविद्यालयमा सिट बढ़ाउने पर्ने माग गर्दै गत केही दिनअघि उत्तर बङ्गाल विश्‍वविद्यालयका सम्बन्धित निकायसित भेट गरेको थियो। तर, अझैसम्म पनि यसमाथि कुनै सुनवाइ नभएपछि दीपिकाले अनशन नै शुरू गरेकी हुन्। ताकि स्थानीय विद्यार्थीहरूले दार्जीलिङ सरकारी महाविद्यालयमा नै भर्नाको अवसर प्राप्त गर्न सकून्।

दीपिकाको यस आन्दोलनलाई साथ दिन भोक हड़ताल स्थलमा उपस्थित भएकी एक विद्यार्थीकी आमा कविता सुब्बाले आफ्नी छोरीको नाम दार्जीलिङ सरकारी महाविद्यालयले जारी गरेको पाँचौँ सूचीमा पनि नआउँदा धेरै दुःख लागेको बताउँदै भनिन्, “कोभिड-19-को यस महामारीमा मेरी छोरीलाई उच्च शिक्षाका लागि अन्य कुनै पनि स्थानमा लाने स्थिति छैन। आफ्नै घर-आँगनमा रहेको यस महाविद्यालयमा नै मेरी छोरी पढ़ोस् भन्ने चाहना थियो, तर आज त्यो चाहना पनि चकनाचुर भइरहेको छ। यसैकारण न्याय माग्नका लागि नै आज हामी यहाँ भेला भएका हौं।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here