नयाँ दिल्ली, 30 सेप्टेम्बरः केन्द्र सरकारले आज (बुधबार) अनलक-5 सम्बन्धी गाइडलाइन्स जारी गरेको छ।
गाइडलाइन्सका अनुसार आउँदो 15 अक्टोबरदेखि सशर्त सिनेमा हल, थिएटर, मल्टिप्लेक्स खोल्ने अनुमति दिइएको छ।
कन्टेनमेन्ट जोन नरहेका ठाउँहरूमा एन्टरटेनमेन्ट पार्कत खोल्ने पनि अनुमति दिइएको छ।
कन्टेनमेन्ट जोनहरूमा आउँदो 31 अक्टोबरसम्म कठोर लकडाउन जारी रहनेछ।
स्कूल र कोचिङ सेन्टरहरूलाई चरणबद्ध तरिकाले खोल्नका लागि राज्य सरकारहरूले आउँदो 15 अक्टोबरपछि फैसला लिन सक्नेछन्।
गाइडलाइन्सका अनुसार 15 अक्टोबरदेखि सबै सिनेमा हल, थिएटर, मल्टिप्लेक्स खोल्न सकिनेछ। तर यीहरूमा मानिसहरूको उपस्थिति पूर्ण क्षमताभन्दा आधा अर्थात् 50 प्रतिशत रहन पर्नेछ। यसलाई लिएर सूचना एवं प्रसारण मन्त्रालयको तर्फबाट स्ट्याण्डर्ड अपरेटिङ प्रोसेसिङ जारी गरिनेछ।
अर्कोतिर गृह मन्त्रालयको तर्फबाट अनुमति पाएका व्यावसायिक उड़ानलाई छोड़ेर अन्य व्यावसायिक उड़ानमाथि रोक भने जारी रहनेछ।