बैठकको एजेण्डा फेरिएपछि क्रामाकपाले भन्यो-हामी बैठकमा जानेछैनौँ, यो ठूलो धोका हो

1
1160

दार्जीलिङ, 5 अक्टोबरः आउँदो 7 अक्टोबरका दिन नयाँ दिल्लीमा हुने त्रिपक्षीय बैठकमा क्रान्तिकारी मार्क्सवादी पार्टी (क्रामाकपा) जानेछैन।

आजै एक बैठक गरी त्रिपक्षीय बैठकमा आफ्ना दुई नेतृत्व किशोर प्रधान र शेखर छेत्रीलाई पठाउने निर्णय क्रामाकपाले गरेको थियो। तर, यस्तो निर्णय लिएको केही घण्टा नबित्दै केन्द्र सरकारले बैठकको एजेण्डामा संशोधन गरी जीटीए बनाएपछि क्रामाकपाले बैठकमा नजाने निर्णय गरेको प्रवक्ता गोविन छेत्रीले जनसंवादलाई बताए।

उनले भने, “बैठकको एजेण्डा नै परिवर्तन गरी जीटीए बनाएपछि क्रामाकपा जाने सवाल नै उठ्दैन।”

केन्द्र सरकारले बैठकको एजेण्डा ‘गोर्खाल्याण्ड’-बाट परिवर्तन गरी ‘जीटीए’ बनाएपछि क्रामाकपाले यसलाई ठूलो धोकाको संज्ञा दिएको छ।

“भाजपाले गोर्खाहरूलाई कतिसम्म मूर्ख ठान्दो रहेछ भन्ने कुरा बैठकको एजेण्डा परिवर्तन गर्नुले स्पष्ट भएको छ”, गोविन छेत्रीले थपे, “यो भाजपाले हामीलाई दिएको ठूलो धोका हो। भाजपा गोर्खाहरूप्रति इमानदार छैन भन्ने कुरा यसले स्पष्ट पारेको छ।”

क्रामाकपाको एक मात्र माग गोर्खाल्याण्ड रहेकाले जीटीएसम्बन्धी मुद्दामा डाकिएको बैठकमा कदापि नजाने उनले स्पष्ट पारेको छ।

साथै 2017 को गोर्खाल्याण्ड आन्दोलनमै पहाड़वासीले खारेज गरिसकेको जीटीएबारे बैठक डाकिरहनु कुनै औचित्यै छैन।

“केन्द्र सरकार यदि गोर्खाहरूप्रति साँच्चै इमानदार छ भन्ने सङ्कल्प-पत्रको वाचा पूरा गर्दै स्थायी राजनीतिक समाधानमार्फत् छुट्टै राज्य गोर्खाल्याण्ड गठनको पहल शुरू गरून्’’, उनले भने। यसैगरी जीटीएका लागि डाकिएका बैठकमा जाने दलहरूले पनि जनताको सपना विपरीत जीटीएजस्तै राज्यभित्रकै अर्को व्यवस्थामा राजी भए पहाड़का जनतालाई अर्को ठूलो धोका हुने र यस्ता दललाई पहाड़वासीले कदापि माफी नगर्ने क्रामाकपा प्रवक्ता गोविन छेत्रीले बताए।

1 टिप्पणी

  1. Since the last tripartite agreement between Bimal’s GJMM the State Government and the Central Government has not been dissolved officially, may be this meeting of 7 October might dissolve through general concensus of all 3 parties so that the road is open for the separate State. Therefore all the parties should participate in the meeting to clear the matter.

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here