बैठकको एजेण्डा परिवर्तनः रोशन गिरीले भने-बैठकमा गएरै हामी विरोध जनाउँछौँ

0
935

दार्जीलिङ, 6 अक्टोबरः आउँदो 7 अक्टोबरका दिन हुने त्रिपक्षीय बैठकमा विमल गुरुङपन्थी मोर्चाले भाग लिनेछ।

पार्टी महासचिव रोशन गिरीका अनुसार त्यस बैठकमा उनीहरूले अवश्यै भाग लिनेछन्। साथै बैठकमै ‘एजेण्डा परिवर्तन गरिएकोमा उनीहरू विरोध जनाउनेछौँ।’

उनले भने, “बैठकमा हामी अवश्यै जानेछौँ। त्यसै बैठकमा हाम्रो विरोध स्पष्टसँग राख्नेछौँ। बैठकको एजेण्डा किन परिवर्तन गरियो, हामीलाई थाह छैन, तर यसको हामी बैठकमा कड़ा रूपमा विरोध गर्नेछौँ।”

गिरीका अनुसार पार्टीले बैठकमा गोर्खाल्याण्ड राज्य गठनको माग राख्नेछ। साथै यसै मागमा अडिग बस्नेछ।

उनले थपे, “आउँदो 7 अक्टोबरमा हुने बैठकमा नजाने प्रश्नै उठ्दैन। बैठकको एजेण्डा परिवर्तन गरिएको विरोध जनाउन र गोर्खाल्याण्ड राज्य गठनको मागलाई दह्रोसँग उठाउनका लागि हामी बैठकमा जानेछौँ।”

उल्लेखनीय छ, पछिल्लो 3 अक्टोबरका दिन गृह मन्त्रालयले जारी गरेको पत्रमा बैठकको एजेण्डा ‘गोर्खाल्याण्डसम्बन्धी मुद्दा’ थियो। तर फेरि हिजो अर्थात् 5 अक्टोबरका दिन गृह मन्त्रालयले भूल सुधार गर्दै बैठकको एजेण्डा ‘जीटीएसम्बन्धी मुद्दा’ हुने जनाएको छ।

हठात् गृह मन्त्रालयले बैठकको एजेण्डा परिवर्तन गरेपछि नै क्रामाकपाले भने बैठकमा भाग नलिने हिजै बताइसकेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here