भाजपाले गोर्खा जातिको भावनासित खेलाइँची गरिरहेको छ: एनबी खवास

1
1308
एनबी खवास (फाइल फोटो)।

दार्जीलिङ, 6 अक्टोबरः भारतीय जनता पार्टीले गोर्खा जातिको भावनासित खेलाइँची गरिरहेको दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसले आरोप लगाएको छ।

केन्द्रिय गृह मन्त्रालयले आउँदो 7 अक्टोबरको दिन गोर्खाल्याण्डसँग सम्बन्धित विषयमाथि चर्चा गर्न बैठक गर्ने बताउँदै एक पत्र जारी गरेको थियो। तर यस्तो पत्र पठाएको  24 घण्टा नबित्दै बैठकको विषय संशोधन गरी ‘गोर्खाल्याण्ड’-बाट ‘गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन’ बनाएपछि नै तृणमूल कङ्ग्रेसले भाजपाले गोर्खा जातिमाथि खेलाइँची गरेको आरोप लगाएको छ।

यसबारे दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसका समन्वयक एनबी खवाससित सोध्दा उनले भाजपाले गोर्खा जातिलाई साह्रै खेलाइँची गरिरहेको आरोप लगाए।

उनले भने, “अब भाजपाको यस्तो नीतिलाई विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चाले पनि राम्ररी बुझ्नपर्छ।अनि सत्यतालाई बुझेर यथार्थको राजनीतिमा आउनुपर्छ।’’

यसरी नै खवासले थपे, “भाजपाले पनि दार्जीलिङ पहाड़को सर्वाङ्गीण विकास नै चाहेको यो दोस्रो पत्रबाट नै स्पष्ट भएको छ। किनभने, भाजपाले लगातार जीटीएमाथि नै चर्चा गर्ने विषयमाथि जोड़ दिइरहेको छ। गत 7 अगस्तका दिन पनि भाजपा नेतृत्वावधीन केन्द्र सरकारले जीटीएमाथि नै समीक्षा सभा गर्न भनेर एक बैठकको चाँजो मिलाएको थियो। जसको दार्जीलिङ पहाड़का सबै पार्टीले कठोर विरोध गरेका थिए।

उक्त बैठकको विरोध भाजपाका घटक दलहरू गोरामुमो, क्रामाकपा आदि पार्टीले पनि  विरोध जनाएका थिए। जसका कारण केन्द्र सरकारले 7 अगस्तका दिन निर्धारित गरिएको बैठकलाई स्थगित गर्ने घोषणा गरेको थियो। फलस्वरूप बिस्तारै कुरा साम्य बन्दै थियो।

हठात, केन्द्रिय गृह मन्त्रालयले 3 र 5 अक्टोबरका दिन जारी गरेको दुइवटा पत्रले फेरि दार्जीलिङ पहाड़को राजनीतिमा उथुल-पुथुल मच्चाएको छ।

प्रथम पत्र आएपछि बैठकमा भाग लिन तयार बनिसकेका क्रामाकपाले पनि दोस्रो पत्रपछि बैठकमा नजाने घोषणा गरिसकेका छन्।

1 टिप्पणी

  1. एन.बी.खवास सर हजुर गाेरामुमाेमा 15बर्ष Counsilar हुदा गोर्खाल्यान्ड शब्दनै उच्चचारण गर्नु सक्नु भएन।अहिले ठुलाे कुरा नगरदा पनि हुन्छ ।तपाई हरू जस्तो शिक्षित मुर्ख हरूले गर्दा नै सम्पुर्ण जातिले दुख पाएकाे हाे

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here