सिक्किममा कोरोना सङ्क्रमित थप तीनजनाको मृत्यु

0
959

गान्तोक, 6 अक्टोबरः सिक्किममा कोरोना सङ्क्रमित थप तीनजनाको आज मृत्यु भएको छ। मृत्यु हुनेहरूमा दुइजना महिला र एकजना पुरुष छन्।

जानकारीका अनुसार आज गान्तोक डीपीएचनिवासी 57 वर्षीय महिला, आरिथाङनिवासी 67 वर्षीय महिला र जितलाङनिवासी एक स्वास्थ्यकर्मीको कोरोनाका कारण मृत्यु भएको छ।

यसँगै राज्यमा कोरोनाका कारण मृत्यु हुनेहरूको कुल सङ्ख्या 49 पुगेको छ।

अर्कोतिर आज राज्यमा कोरोना भाइरसका 26 नयाँ मामिला थपिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here