दार्जीलिङ बङ्गालको मुकुट हो, सधैँ रहनेछः लकेट च्याटर्जी

0
1369

सिलगढ़ी, 12 अक्टोबरः आउँदो वर्ष हुने बङ्गाल विधानसभालाई केन्द्र गरी स्थायी राजनीतिक समाधानमार्फत् छुट्टै राज्य गोर्खाल्याण्डको मागले बिस्तारै गति लिइरहेको समय बङ्गाल भाजपा राज्य विभाजनको पक्षमा नरहेको सांसद लकेट च्याटर्जीले स्पष्ट पारेकी छन्।

उनले बताएअनुसार स्थायी राजनीतिक समाधानको अर्थ छुट्टै राज्य गोर्खाल्याण्ड होइन।

“दार्जीलिङ बङ्गालको मुकुट हो। र सधैँ रहनेछ”, सिलगढ़ीमा पत्रकारहरूलाई सम्बोधन गर्दै उनले भनिन्।

यसैबीच, सांसद लकेट च्याटर्जीले भाजपाले पहाड़लाई लिएर तृणमूल कङ्ग्रेसले जस्तो जाति र भाषालाई लिएर राजनीति नगर्ने बताइन्।

अर्कोतिर, बङ्गाल भाजपा महासचिव सायन्तन बसुले पनि लकेट च्याटर्जीकै स्वरमा स्थायी राजनीतिक समाधानको अर्थ गोर्खाल्याण्ड नरहेको बताए।

यसअवधि उनले दार्जीलिङ पहाड़मा पुलिस प्रशासनको अन्याय-अत्याचारलाई पनि उठाए। बसुले भाजपाले सङ्कल्प-पत्रमा समावेश दार्जीलिङ पहाड़, तराई अनि डुवर्सको स्थायी राजनीतिक समाधान अवश्यै गर्ने दावी पनि दोहोऱ्याए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here