गान्तोक, 13 अक्टोबरः सिक्किम सरकारमा कार्यरत् सरकारी कर्मचारी र पेन्सन धारकहरूलाई अक्टोबर महिनाको वेतन एड्भान्समा दिन सरकारले स्वीकृति दिएको छ।
वित्त विभागका अतिरिक्त मुख्य सचिव भीबी पाठकद्वारा मङ्गलबार जारी गरिएको परि-पत्रमा एड्भान्स वेतन 19 अक्टोबरदेखि वितरण गरिने बताइएको छ।
यो आदेश वर्कचार्ज्ड र कन्सोलिडेटेड पेअन्तर्गत् वेतन ग्रहण गर्ने कर्मचारीहरूका लागि पनि लागू हुने परि-पत्रमा उल्लेख छ।
अक्टोबर महिनाको अन्तिम सातामा हिन्दू धर्मावलम्बीको प्रमुख पर्व दशैं परेकाले सरकारले कर्मचारीलाई एड्भान्समा वेतन दिने निर्णय लिएको हो।