गोवाहाटी, 15 अक्टोबरः असमको विश्वनाथ जिल्लाको बिहालीमा निर्माणाधीन इञ्जिनियरिङ कलेजको नाम छविलाल उपाध्याय इञ्जिनियरिङ कलेज बिहाली राखिएको छ।
छविलाल उपाध्याय असमका महान् गोर्खा स्वतन्त्रता सेनानी हुन्।
यस सम्बन्धमा असम सरकारको उच्च शिक्षा (प्राविधिक) विभागले पछिल्लो 13 अक्टोबरका दिन एक आदेश-पत्र जारी गरेको छ।
गोर्खा पुत्र छविलाल उपाध्याय असमका अग्रणी स्वतन्त्रता सङ्ग्रामी मात्र होइनन् तर असम प्रदेश कङ्ग्रेसका पहिलो अध्यक्ष पनि थिए।
अर्कोतिर, असमका शिक्षा मन्त्री हिमन्त विश्व शर्माले ट्विट गरी बिहालीमा निर्माणाधीन इञ्जिनियरिङ कलेजलाई स्वतन्त्रता सङ्ग्रामी छविलाल उपाध्यायको नाम दिइएकोमा खुशी व्यक्त गरेका छन्।