सिक्किममा 6 दिनमा चार सयभन्दा बढ़ी पर्यटकको आगमन

0
1293
(फाइल फोटो)

गान्तोक, 16 अक्टोबरः सात महिनासम्म ठप्प रहेको पर्यटन व्यवसाय पुनः आरम्भ भएको छ।

पछिल्लो 10 अक्टोबरदेखि सरकारले सिक्किममा पर्यटकहरूको प्रवेशको अनुमति दिएपछि यससम्बन्धी पर्यटन विभागले पर्यटकहरूको प्रवेशसम्बन्धी दिशा-निर्देश जारी गरिसकेको छ।

पर्यटकहरूलाई प्रवेशको अनुमति दिएको 6 दिन भित्रै राज्यमा 400 भन्दा अधिक पर्यटक आइसकेको पर्यटन विभागका अतिरिक्त सचिव कपिल मिनाले जानकारी गराएका छन्।

उनका अनुसार अहिलेसम्म 400-भन्दा अधिक पर्यटकले ट्राभल पास प्राप्त गरी छाङ्गु लेकको भ्रमण गरिसकेका छन्।

यसैगरी हालसम्म पर्यटन विभागअन्तर्गत् 659 जनाले ट्राभल कार्डका लागि आवेदन गरेको तथा यसमा कुल 1,165 जना पर्यटक रहेको पनि उनले जनाएका छन्।

सिक्किम प्रवेशका लागि पर्यटन विभागद्वारा सञ्चालित वेब पोर्टलबट ट्राभल कार्ड प्राप्त गर्न अनिवार्य गरिएको छ। हाल राज्यमा पर्यटन व्यवसाय पुनःआरम्भअन्तर्गत् टुरिज्म अनलक-वान चलिरहेको छ।

उत्साहजनक सङ्ख्यामा पर्यटकहरूले सिक्किम प्रवेशमा रुचि देखाइरहेको तथा पर्यटन व्यवसाय पुनः आरम्भ हुँदा पर्यटन व्यवसायसित जोड़िएका ठप्प रहेको आर्थिक स्थितिमा केही सुधार आउने बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here