नगरपालिकाको कार्यकाल समाप्त, सरकारले नियुक्त गऱ्यो प्रशासकहरू

0
910

गान्तोक, 16 अक्टोबरः आज अर्थात् शुक्रबाररदेखि राज्यका सातैवटा नगरपालिकाको कार्यकाल पूरा भएको छ।

सिक्किम सरकारले राज्यमा तेस्रो नगरपालिका चुनाउ अहिलेलाई स्थगित गरेकाले नगरपालिकाको कार्यकाल समाप्त भएलगत्तै शहरी विकास विभागले सबै स्थानका लागि प्रशासक नियुक्ति गरेको छ।

विभागद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार गान्तोक नगरनिगमका प्रशासकमा शहरी विकास विभागका सचिवलाई नियुक्त गरिएको छ।

पूर्व जिल्लाका अतिरिक्त जिल्लापाललाई सिङ्ताम नगरपञ्चायत र रम्फू नगरपञ्चायतको प्रशासक बनाइएको छ।

त्यसैगरी उत्तर जिल्लाका अतिरिक्त जिल्लापाल मङ्गन नगर पञ्चायतका प्रशासक रहनेछन् भने पश्चिम जिल्लाका अतिरिक्त जिल्लापाल गेजिङ नगर परिषद्का प्रशासक हुनेछन्।

नाम्ची नगर परिषद् तथा नयाँ बजार जोरथाङ नगर परिषद्को प्रशासकको जिम्मेवारी दक्षिण जिल्लाका अतिरिक्त जिल्लापाललाई सुम्पिएको छ।

शहरी विकास विभागले दिएको जानकारीका अनुसार तेस्रो नगरपालिका गठन नहुञ्जेलसम्म नवनियुक्त प्रशासकले नगरपालिकाका सबै कर्तव्य र कार्यको निर्वहन गर्नेछन्।

प्रशासकको अन्तरिमअवधिका समयमा नगरपालिकाको अधिनमा रहेका सम्पूर्ण सम्पति राज्य सरकारको स्वामित्वमा रहनेछ।

वर्तमान नगरपालिकाहरूका विघटन र प्रशासकहरूको नियुक्ति सिक्किम नगरपालिका नियम 2007-को धारा 12-को प्रावधानअन्तर्गत् गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रशासकको कार्यकाल आजबाट नै शुरू भएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here