गान्तोक, 17 अक्टोबरः सिक्किममा आज (शनिबार) कोरोना सङ्क्रमणका 36 वटा नयाँ मामिला प्रकाश आएको छ।
आज प्रकाशमा आएका मामिलामध्ये पूर्व सिक्किमबाट 33 र दक्षिणबाट 3 वटा रहेका छन्।
अर्कोतिर आज 56 जना स्वस्थ भई आ-आफ्नो घर फर्केका छन्।
यसका साथै राज्यमा कोरोना भाइरसका सक्रिय मामिला (एक्टिभ केस) घटेर 275 भएको छ। कोरोना भाइरसलाई जितेर घर फर्किनेहरूका कुल सङ्ख्या 3152 पुगेको छ।