दुर्गा पूजाका सबै पाण्डलमा ‘नो एन्ट्री जोन’

0
1035

कोलकाता, 19 अक्टोबर: कोलकाता उच्च न्यायालयले राज्यमा दुर्गा पूजाका सबै पण्डाललाई ‘नो एन्ट्री जोन’ घोषित गरेको छ।

न्यायालयको आदेशका अनुसार अब श्रद्धालुहरूले पण्डालमा प्रवेश गर्ने अनुमति पाउने छैनन्।

आदेशका अनुसार पण्डालभित्र केवल आयोजकहरू मात्र प्रवेश गर्ने अनुमति रहनेछ। पण्डालभित्र प्रवेश गर्न पाउने व्यक्तिहरूका नाम पण्डालबाहिर लेखिएको हुनेछ।

साना पण्डालहरूका लागि प्रवेशद्वारभन्दा पाँच मिटरको तथा ठूला पण्डालहरूका लागि प्रवेशद्वारभन्दा 10 मिटर टाढ़ा ब्यारिकेड लगाउनुपर्ने न्यायालयको आदेश छ।

न्यायमूर्ति सञ्जीव ब्यानर्जी र न्यायमूर्ति अरिजीत ब्यानर्जीको खण्डपीठले भनेको छ, “ब्यारिकेडमा प्रवेश निषेधको बोर्ड लगाइनु पर्नेछ।”

यसका साथै पूजा आयोजन समितिसँग सम्बन्धित 15 देखि 25 जना मानिसलाई मात्र पण्डालमा प्रवेश गर्न अनुमति दिइनुपर्ने न्यायालयको आदेश छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here