भ्याक्सिन नबनेसम्म कोरोनाविरुद्ध लड़ाइँ जारी रहनेछः प्रम मोदी

0
952
(फोटो साभार एएनआई ट्विटर)

नयाँ दिल्ली, 20 अक्टोबरः प्रधानमन्त्री नरेन्द्र मोदीले आज (मङ्गलबार) देशवासीलाई सम्बोधन गर्दै भ्याक्सिन नबनेसम्म कोरोनाविरुद्धको लड़ाइँ जारी रहने बताएका छन्।

यसका साथै उनले अहिले नै कोरोनाको खतरा पूर्ण रूपमा नहटेको बताउँदै देशवासीलाई सतर्कता अप्नाउने अपील गरेका छन्।

उल्लेखनीय छ, कोरोनाको वैश्विक महामारीबीच प्रम मोदीले धेरैपटक देशवासीलाई सम्बोधन गरिसकेका छन्, जसमा उनले धेरै ठूला घोषणासमेत गरेका थिए।

यसैले आज प्रधानमन्त्रीको सम्बोधनलाई लिएर धेरै अनुमान लगाइएको थियो।

प्रधानमन्त्रीले आउँदा पर्वहरूमा मानिसहरूलाई सावधान रहनसमेत कोभिड नियमलाई पालन गर्नका लागि अपील गरे। साथै कोरोना भ्याक्सिनलाई लिएर पनि जानकारी दिए।

प्रम मोदी भने, “एउटा कठिन समयबाट निस्केर हामी अघि बढ़िरहेका छौँ। सानो लापरवाहीले हाम्रो गतिलाई रोक्न सक्छ। हाम्रा खुशीहरूलाई धुमिल बनाउन सक्छ।”

यसअवधि प्रमले सामाजिक दूरी, घरी-घरी हात धोइरहनुपर्ने आवश्यकता र मास्कको अनिवार्यताबारे पनि देशवासीलाई सम्झाए।

आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले मानवतालाई बचाउनका लागि युद्धस्तरमा काम भइरहेको र अनेक देशले यसका लागि कार्य गरिरहेको बताए।

“हाम्रा देशका वैज्ञानिकहरू पनि भ्याक्सिनका लागि दिलोज्यान लगाएर खटिरहेका छन्। भारतमा अहिले कोरोनाका धेरै भ्याक्सिनलाई लिएर काम भइरहेको छ। यसमध्ये केही एड्भान्स स्टेजमा छन्।”

कोरोनाको भ्याक्सिन बनेपछि भारतवासीहरूसम्म त्वरित पुऱ्याउनका लागि पनि सरकारको तयारी जारी रहेको पनि प्रधानमन्त्रीले बताए।

“प्रत्येक नागरिकसम्म भ्याक्सिन पुगोस्, यसका लागि तीव्र गतिमा काम भइरहेको छ’’, प्रधानमन्त्रीले भने।

उनले थपे, “यदि तपाईंले लापरवाही अप्नाइरहनु भएको छ भने, बिनामास्क बाहिर निस्किनु भए, तपाईंले आफू स्वयंलाई, आफ्ना परिवारलाई, आफ्ना नानीहरूलाई, नानी परिवारका वयोवृद्ध सदस्यहरूलाई ठूलो सङ्कटमा पारिरहनु भएको छ। ध्यान दिनुहोस्, आज अमेरिका होस् या युरोपका अन्य देशहरू, यी देशहरूमा कोरोनाका मामिला घटिरहेका थिए, तर अचानक फेरि कोरोनाका मामिलाहरू बढ़्न थाले। जबसम्म पूर्ण सफलता प्राप्त हुँदैन, तबसम्म लापरवाही गर्नु हुँदैन। भ्याक्सिन नबनेसम्म हामीले कोरोनाविरुद्धको लड़ाइँलाई कमजोर बन्न दिनु हुँदैन।”

प्रधानमन्त्रीले डाक्टर्स, नर्स र हेल्थ वर्कर्सहरूले निःस्वार्थ काम गरिरहेको बताउँदै भने, “यो समय लापरवाही हुने समय होइन। हामीले बिर्सिनु हुँदैन, लकडाउन हटे तापनि भाइरस हराएको छैन। पछिल्ला 7-8 महिनामा प्रत्येक भारतीयको प्रयासले भारत आज जुन सम्हालिएको स्थितिमा छ, त्यसलाई हामीले बिग्रिनु दिनु हुँदैन।

प्रम मोदीका अनुसार आज देशमा रिकवरी रेट राम्रो छ। मृत्यु दर कम छ। दुनियाँका साधन-सम्पन्न देशहरूका तुलनामा भारत आफ्ना बढ़ीभन्दा बढ़ी नागरिकको ज्यान बचाउनमा सफल रह्यो।

कोभिड महामारीविरुद्ध लड़ाइँमा टेस्टको बढ़्दो सङ्ख्या देशको एक ठूलो ताकत रहेको पनि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सम्बोधनमा बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here