मुख्यमन्त्रीद्वारा आजीविका ग्रामीण एक्सप्रेस योजनामार्फत् 14 वटा एसएचजीलाई वाहन वितरण

0
946

गान्तोक, 20 अक्टोबरः मुख्यमन्त्री पीएस गोलेले आज (मङ्गलबार) राज्यका 14 वटा स्वयम् सहायता समूहलाई अजीविका ग्रामीण एक्सप्रेस योजनाको वाहन वितरण गरे।

राज्यको ग्रामीण विकास विभाग र सिक्किम ग्रामीण आजीविका मिशनअन्तर्गत् राज्यमा विभिन्न आजीविका गतिविधिलाई सहयोग पुर्‍याउनका लागि स्वयम् सहायता समूहलाई वाहन वितरण गर्ने कार्यक्रम टाशिलिङ सचिवालय परिसरमा आयोजन गरिएको थियो।

यस अवसरमा मुख्यमन्त्रीले ऱाज्य सरकारले विभिन्न माध्यमबाट ग्रामीण आजीविका योजनाका लागि सरकारले सहयोग पुर्‍याइरहेको बताए।

राज्यका कृषकहरूलाई आर्थिक लाभ प्रदान गर्नका लागि सरकारले हालै दूधमा प्रतिलिटर आठ रुपियाँ प्रोत्साहनराशि दिने योजना थालनी गरेको बताउँदै स्वयम् सहायता समूहलाई प्रदान गरिएका वाहनबाट उनीहरूले सहजरूपमा अफ्नो उत्पादनलाई बजारमा लैजानसक्ने बताए।

उनले लाभार्थीले योजनाबाट फाइदा लिएर आफ्नो जीविकोपार्जनलाई मजबुत बनाउन सक्नेछन् भन्ने विश्वास व्यक्त गरेका छन्।

यस अवसरमा मुख्यमन्त्रीले आफ्नो सरकार जनताको सेवाका लागि प्रतिबद्ध रहेको बताए।

यसैबीच लाभार्थी स्वयं सहायता समूहहरूले मुख्यमन्त्री पीएस गोलेप्रति आभार व्यक्त गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here