विमल गुरुङ जातिको हित र गोर्खाल्याण्ड चाहने नेता नै होइनन्ः प्रताप खाती

0
1386
प्रताप खाती (फाइल फोटो)

कालेबुङ,  22 अक्टोबरः विमल गुरुङ गोर्खा जातिको हित र गोर्खाल्याण्ड चाहने नेता नै नरहेको दावी अखिल भारतीय गोर्खा लिग (प्रताप गुट)-का कार्यकारी अध्यक्ष गोर्खा  प्रताप खातीले गरेका छन्।

विमल गुरुङ बङ्गाल सरकारको शरणमा परेपछि उनले यस्तो दावी गरेका हुन्।

खातीका अनुसार विमल गुरुङ गोर्खाल्याण्ड चाहने नेता नै नरहेको कुरा गोर्खा लिगलाई शुरूदेखि नै थाह थियो।

“छैटौँ अनुसूचीको विरोधमा जनताको जुन समर्थन मदन तामाङ र गोर्खा लिगमाथि थियो, त्यसलाई काउन्टर गर्नका लागि पश्चिम बङ्गाल सरकारले जन्माएको काउन्टर लिडर हो विमल गुरुङ भनेर हामीले शुरूदेखि नै भन्दै आएका हौँ”, गोर्खा लिग नेता खातीले थपे, “आज त्यो स्पष्ट भयो। हामीले त पत्याएनौँ, विमल गुरुङ हाम्रो जातिको हित र गोर्खाल्याण्ड चाहने नेता नै होइनन्। विमल गुरुङलाई ऐश आराम चाहिन्छ; पैसा चाहिन्छ; मोज मस्ती चाहिन्छ। त्यसका लागि उनले दुःख नगरी कमाउने जग्गा राजनीति सम्झेको छ। आज उनले  कोलकातामा गएर आच्ची चाटेको छ।”

उनले थपे, “तर हामी भन्छौँ 2007 देखि यता तिमीले हाम्रो 13 वर्ष खाइदियौ; हाम्रा दाजु-भाइहरूको आर्थिक अवस्था खत्तम पारिदियौ; शिक्षा प्रणाली बिगारिदियौ; नानीहरूको पढ़ाइ बिगारिदियौ। त्यति मात्र होइन प्रमिला शर्मालाई माऱ्यौ; मदन तामाङलाई माऱ्यौ; 2017 को आन्दोलनमा 13 जना माऱ्यौ। तिमीले ती सबै फर्काउनु पर्छ। साथै 105 दिनमा हामीलाई आर्थिक, शैक्षिक रूपमा कति पछौटे भयौँ, त्यसको जवाफदेहिता तिमी हौ।”

खातीका अनुसार जनताले विमल गुरुङलाई विश्वास गर्नु जस्तो दुर्भाग्य अर्को थिएन। विमल गुरुङ नेतै होइन। उनले गोर्खाल्याण्ड बुझ्दैन।

“विमल गुरुङलाई गोर्खाल्याण्ड मतलबै छैन। वास्तवमा गोर्खाल्याण्ड आन्दोलनलाई बिथोल्न पश्चिम बङ्गालले सिर्जना गरेका बच्चाहरू विमल गुरुङ हुन्”, प्रताप खातीले भने।

पश्चिम बङ्गालको शरण परेपछि अब विमल गुरुङ पनि साधारण मानिस बनेको पनि यी गोर्खा लिग नेताले बताएका छन्।   

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here