कालेबुङ, 26 अक्टोबरः गोरुबथान खण्ड तीनअन्तर्गत कुमाईमा मुसलधारे पानीले धेरै क्षति पुऱ्याएको छ।
हिजो रातिदेखि बिहानसम्म परेको पानीका कारण कुमाई ग्राम पञ्चायत क्षेत्रअन्तर्गत कोपिस बस्ती भएर बहने सोकसोके खोला अत्यधिक उर्लेका कारण क्षति पुऱ्याएको हो।
जलस्तर अत्यधिक बढ़ेपछि उक्त खोला पुलमाथि बगिरहेको स्थानीयवासी जोनल राईले बताएका छन्। उनका अनुसार यो खोलाले स्थानीय कोपिस एमएसकेको खेल मैदानलाई क्षति पुऱ्याएको छ भने स्कूलको शौचालयमा पानी पसेर जलमग्न बनेको छ।
यसका साथै खोला नजिककै रहेको स्थानीय सञ्जय राईको नवनिर्मित घरलाई पनि क्षति पुऱ्याएको पनि राईले जनसंवादलाई जानकारी गराएका छन्।
उनले दिएको जानकारीका अनुसार वर्षाले अप्पर कुमाई रोड लगायत क्षेत्रका ठाउँ ठाउँमा पनि क्षति पुऱ्याएको छ।
यसैबीच, सिक्किम-दार्जीलिङमा हिजो रातिदेखि लगातार परिरहेको पानी परिरहेको छ।