कोलकाता, 29 अक्टोबरः बङ्गाल विधानसभाका डिप्टी स्पीकर एवं झाड़ग्रामका तृणमूल कङ्ग्रेस विधायक सुकुमार हाँसदाको बिहीवार बिहान मृत्यु भयो।
समाचार एजेन्सीहरूका अनुसार क्यान्सर रोगले पीड़ित उनी केही दिनअघि कोरोना सङ्क्रमित पनि बनेका थिए भने एक प्राइभेट नर्सिङ होममा उपचाररत् थिए।
पूर्व डिप्टी स्पीकर हैदर अजीज सफवीले अस्वास्थ्यका कारण पद त्यागेपछि दिसम्बर 2018 मा हाँसदा डिप्टी स्पीकरको पद सम्हालेका थिए।
पेशाले डाक्टर रहेका उनी ममता ब्यानर्जीको पहिलो सरकारमा (2011- 2016 बीच) मन्त्रीसमेत बनेका थिए।
2016 –मा दोस्रोपटक विधायक निर्वाचित भए तापनि यसपटक उनलाई तृणमूल कङ्ग्रेसको दोस्रो कार्यकालमा क्याबिनेटमा सामेल गरिएको थिएन।
उनका पिता सुबोध चन्द्र हाँसदा, 1957-62 अवधि कङ्ग्रेस सरकारमा केन्द्रिय मन्त्री बनेका थिए।