नयाँ दिल्ली, 30 अक्टोबरः आजदेखि भारतमा पब्जी (PUBG) पूर्ण रूपले बन्द भएको छ।
अघिबाटै डाउनलोड गरिएको पब्जी गेम पनि आजदेखि चल्ने छैन। यस सम्बन्धमा कम्पनीले आधिकारिक रूपमा घोषणा गरेको छ।
कम्पनीका घोषणाका अनुसार 30 अक्टोबर अर्थात् आजदेखि भारतमा यो लोकप्रिय गेमलाई पूर्ण रूपमा बन्द गरिएको छ।
अर्थात्, अघिबाटै डाउनलोड गरिएको पब्जी गेम पनि अब चल्नेछैन।
उल्लेखनीय छ, केही महिनाअघि भारत सरकारले पब्जीसहित अन्य धेरै चाइनिज एप्समाथि प्रतिबन्ध लगाएको थियो।
यद्यपि अघिबाटै पब्जी आफ्नो फोनमा डाउनलोड गरेका युजर्सले भने यो गेम खेल्न सकिरहेका थिए।
पब्जी मोबाइलले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा भनेको छ- ‘2 सेप्टेम्बर, 2020 –का दिन इलेक्ट्रोनिक्स एवं सूचना प्रौद्योगिकी मन्त्रालयको अन्तरिम आदेशपछि Tencent गेम्सले भारतमा आफ्नो सबै सर्भिस र एक्सेसलाई 30 अक्टोबर 2020 अर्थात् आजदेखि बन्द गरिरहेको छ।’
स्मरण रहोस्, सरकारद्वारा प्रतिबन्ध लगाइए तापनि यो गेम धेरैका स्मार्टफोनमा थियो, जसका कारण उनीहरूले प्रतिबन्ध पछि पनि मज्जाले पब्जी खेलिरहेका थिए। तर अब उनीहरूले खेल्न पाउनेछैनन्।