जेम्स बन्ड एक्टर सीन कनेरीको निधन

0
1901

लन्डन, 31 अक्टोबरः जेम्स बन्डको भूमिकाले चर्चित बनेका स्कटिस अभिनेता सीन कनेरीको आज 90 वर्षको उमेरमा मृत्यु भएको छ।

उनले 7 वटा फिल्ममा जेम्स बन्डको भूमिका निर्वाह गरेका थिए।

आफ्नो उत्कृष्ट अभिनयका लागि सीनले ओस्कर, बाफ्टा तथा तीन गोल्डन ग्लोबसहित धेरै पुरस्कार प्राप्त गरेका थिए। जानकारीका अनुसार उनी पछिल्ला केही दिनदेखि विरामी थिए।

बन्डबाहेक सीन कनेरीले द अनटचेबल्स, द हन्ट फर रेड अक्टोबर, इन्डियाना जोन्स, द लास्ट क्रुसेड र द रकमा उल्लेखनीय र स्मरणीय भूमिका निर्वाह गरेका थिए।

‘द अनटचेबल्स’-का लागि उनले पहिलोपटक 1988-मा ओस्कर अवार्ड प्राप्त गरेका थिए।

यो फिल्ममा उनले सीन कनेरीले आइरिस पुलिस अधिकारीको भूमिका निर्वाह गरेका थिए।

स्मरणरहोस्, यसै वर्षको अगस्त महिनामा सीन कनेरीले आफ्नो 90औं जन्मदिन मनाएका थिए।

कनेरीलाई 2000 मा हलिरुड प्यालेसमा ब्रिटेनकी महारानीले नाइटहुडको उपाधिले सम्मानित गरेकी थिइन्।

सीन 007 सिरिजका 7 फिल्ममा जेम्स बन्डको भूमिकामा देखिए, यसमा ‘डाक्टर नो’, ‘फ्रम रशिया विद लभ’, ‘गोल्डफिङ्गर’, ‘थन्डरबल’, ‘यू ओन्ली लिभ ट्वाइस’, ‘डायमन्ड्स अरे फरएभर’, ‘नेभर से अगेन’ सामेल छन्।

उनले सबैभन्दा बढ़ी लोकप्रियता बन्ड सिरिजकै फिल्मबाट प्राप्त गरेका थिए।

करिब 40 वर्षसम्म फिल्ममा सक्रिय रहेका रहेका सीन कनेरीले मरिन (1964), मर्डर अन द ओरिएन्ट एक्सप्रेस (1974), द नेम अव् द रोज (1986), हाइल्यान्डर (1986), ड्रेगनहार्ट (1996), (1996), एन्ड फाइन्डिङ फोरेस्टर (2000) जस्ता फिल्ममा पनि काम गरेका थिए।

सीन कनेरीको जन्म 25 अगस्त 1930 -मा भएको थियो।

-न्युज एजेन्सीहरूको सहयोगमा

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here