विमल-रोशनसँग हामी कुनै पनि राजनीतिक-प्रशासनिक मञ्च साझा गर्नेछैनौँ: विनय

0
1026

सिलगढ़ी, 2 नोभेम्बरः विमल गुरुङ र रोशन गिरीहरूसँग कुनै पनि राजनीतिक-प्रशासनिक मञ्च साझा नगर्ने  गोजमुमो दोस्रो खेमाका विनय तामाङले बताएका छन्।

भोलि नवान्नमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसँग हुने बैठकमा भाग लिन कोलकाता गइरहेका उनले बाघडुग्रा हवाइअड्डामा पत्रकारहरूलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

विनयका अनुसार विमल गुरुङ उनीहरूका लागि न त सब्जेक्ट हुन्, न त अब्जेक्ट नै। पहाड़मा विमल गुरुङलाई समर्थन गर्ने मानिसहरूको सङ्ख्या पनि एकाध मात्र छन्।

“विमल गुरुङ न सब्जेक्ट हुन्, न अब्जेक्ट नै। उनी भगौड़े नेता हुन्। र कोही पनि कानूनभन्दा माथि छैनन्”, उनले थपे, “त्यसैले हामीले भारतको न्यायिक व्यवस्थामाथि सम्मान गर्नुपर्दछ।”

यसैबीच, विनयले विमल गुरुङ आफूहरूका लागि राजनीतिक खतरा नभएर आफूहरू चाहिँ विमल गुरुङका लागि राजनीतिक खतरा रहेको दावी पनि गरे।

अर्कोतिर उनले हाल दार्जीलिङ पहाड़का विभिन्न स्थानमा मोर्चा दोस्रो खेमाले विमल गुरुङको विरोधमा निकालिरहेको शान्ति ऱ्यालीलाई जनआक्रोशको संज्ञा दिँदै विमल गुरुङलाई पहाड़, तराई डुवर्सका जनताले समर्थन नगर्ने ठोकुवा गरे।

यसैगरी उनले भोलि मुख्यमन्त्रीसँग हुने बैठक दार्जीलिङ पहाड़, तराई अनि डुवर्सको वर्तमान राजनीति, शान्ति र स्थिरतामाथि हुने पनि जानकारी गराए।

बैठकमा भाग लिन तामाङसँगै दलका महासचिव एवं जीटीए बीओएका अध्यक्ष अनित थापा पनि कोलकता प्रस्थान गरेका छन्।

बैठकपछि नै सम्पूर्ण कुरा बताउने विनय तामाङको भनाइ छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here