एकीकृत कर्मचारी सङ्गठनका अध्यक्ष, महासचिवसहित सयौँ सदस्य तृणमूल कङ्ग्रेसमा सामेल

0
935

दार्जीलिङ, 9 नोभेम्बरः आफ्नो स्थायीकरणका लागि सङ्घर्ष गरिरहेका जीटीएमा कार्यरत् पे व्याण्ड कर्मचारीहरूको सङ्गठन एकीकृत कर्मचारी सङ्गठनका अध्यक्ष अनिल राई, महासचिव डीपी खवाससहित सयौँ सदस्य आज तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्।

यससँगै जीटीएका कर्मचारीहरूको एक हुल तृणमूल कङ्ग्रेसमा त अर्कोतिर हुल विनय तामाङपन्थी गोजमुमोमा बाँड़िएका छन्।

उल्लेखनीय छ, केही दिनअघि एकीकृत कर्मचारी सङ्गठनले विनय-अनितको साथ छोड़ेको घोषणा गरेलगत्तै यी कर्मचारीहरू दुइ भागमा बाँड़िएका हुन्।

आज, दार्जीलिङको गोर्खा दुःख निवारक सम्मेलनको हलमा आयोजित एक कार्यक्रमबीच एकीकृत कर्मचारी सङ्गठनका अध्यक्ष र महासचिवलगायत अन्य सदस्यहरू राज्यको शासक दल तृणमूल कङ्ग्रेसमा सामेल भएका हुन्।

कार्यक्रममा राज्यसभा सांसद शान्ता छेत्री, हिल तृणमूल प्रवक्ता एनबी खवासलगायत अन्य उपस्थित थिए।

यसैबीच, तृणमूल कङ्ग्रेसमा सामेल हुनुको कारण खुलाउँदै डीपी खवासले भने, “हाम्रो जुन स्थायीकरण र डाइ एन् हार्नेसको मुद्दा छ, त्यसलाई समाधान गर्नका लागि हामीले आज तृणमूल कङ्ग्रेसका हात समातेका छौँ।”

उनको दाबीका अनुसार आज करिब 25 सय कर्मचारीले तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्।

खवासका अनुसार एकीकृत कर्मचारी सङ्गठन शुरूमा स्वतन्त्र सङ्गठन थियो।

अर्कोतिर, पछिल्लो 2 नोभेम्बरका दिन विनय-अनितको साथ छोड़ेर सङ्गठनलाई स्वतन्त्र बनाउने निर्णय गरेपछि आफूहरूलाई परोक्ष रूपमा धम्कीहरू पनि आउन थालेपछि आखिर स्थायीकरण गर्ने त मुख्यमन्त्री ममता ब्यानर्जी नै हुन् भनेरै तृणमूल कङ्ग्रेसमा सामेल भएको उनले थप बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here