पीपीएसको मुद्दा बोकेर गोरामुमो चाँड़ै दिल्ली जाने

0
949

दार्जीलिङ, 10 नोभेम्बरः गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-को एक टोलीले आज सांसद राजु बिष्टसँग गरी स्थायी राजनीतिक समाधानबारे चर्चा-परिचर्चा गऱ्यो।

टोलीमा गोरामुमो केन्द्रिय प्रवक्ता महेन्द्र छेत्री, केन्द्रिय सदस्य ऋषि थापा र दार्जीलिङका विधायक नीरज जिम्बा थिए।

ऋषि थापाले बताएअनुसार स्थायी राजनीतिक समाधानको मुद्दा बोकेर गोरामुमो चाँड़ै दिल्ली जानेछ। यस सम्बन्धमा केन्द्रिय गृह मन्त्रीले वार्ता बोलाउनेछन् भन्ने आशा गोरामुमोले गरेको पनि उनले थापाले बताएका छन्।

उनका अनुसार आज गोरामुमो टोलीले सांसद बिष्टसँग दार्जीलिङ पहाड़को वर्तमान राजनीतिक अवस्थाबारे पनि विशद् रूपमा चर्चा परिचर्चा गऱ्यो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here