विमलपन्थी मोर्चाको पातलेबास कार्यालय खोलियो

0
1067

दार्जीलिङ, 10 नोभेम्बरः विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-को पातलेबासस्थित पार्टी कार्यालय आजदेखि खोलिएको छ।

यसका साथै सिंहमारीस्थित पार्टी कार्यालयलाई पनि खोल्ने प्रक्रिया शुरू भएको पार्टीले बताएको छ।

आज पातलेबासस्थित कार्यालयलाई धूप-दीप आदि प्रज्ज्वलन गरी खोलिएको विमलपन्थी मोर्चा तकभर समष्टि नेता जिनेश राईले बताएका छन्।

उल्लेखनीय छ, 2017-मा भएको आन्दोलनको क्रमबीच नै 10 अगस्त 2017-को दिन विमल गुरुङको बासथलो पातलेबासस्थित गोजमुमोको केन्द्रिय कार्यालयलाई पुलिस प्रशासनले सील गरिदिएको थियो।

यसका साथै पुलिसले सिंहमारीस्थित पार्टी कार्यालयलाई पनि सील गरेको छ।

यद्यपि, आज पातलेबासको यो कार्यालय खोल्न पार्टी कार्यकर्ताहरू सफल बने। यद्यपि सिंहमारीको पार्टी कार्यालय खोल्ने विषय लिएर न्यायिक प्रक्रिया चलाइरहेको पनि राईले जनाए।

उनले प्रशासनबाट अनुमति प्राप्त भएपछि पातलेबासको पार्टी कार्यालय खोलिएको पनि जानकारी गराए।

यसरी नै आज तीन वर्षपछि नै मिरिकनिवासी विमल गुरुङपन्थी गोजमुमोका भूमिगत नेता अरुण घिसिङको घर पनि आज खोलियो।

पूर्व सभासद् अरुण घिसिङको घर पनि विगत 3 वर्षदेखि प्रशासनले बन्द गरिदिएको थियो। जसको अवस्था धेरै बिग्रिसकेको कारण यसलाई प्रथमतः मरम्मति गरिने भएको विमलपन्थी मोर्चा मिरिक महकुमा समिति अध्यक्ष सुमन राईले बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here