दार्जीलिङकी जिल्लाशासकलाई हटाउनुपर्ने माकपाको माग

0
1629
माकपा नेता अशोक भट्टाचार्य (फोटो साभार : इन्टरनेट)

सिलगढ़ी, 1 फरवरी : दार्जीलिङकी जिल्लाशासकलाई चुनाउअघि नै हटाउनुपर्ने माग मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा)-ले गरेको छ। शुक्रबार सिलगढ़ीस्थित माकपाको पार्टी मुख्यालय अनिल विश्वास भवनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै माकपा नेता एवं सिलगढ़ीका विधायक अशोक भट्टाचार्यले यस्तो माग गरेका हुन्।

दार्जीलिङकी जिल्लाशासक राज्यको शासक दलको राजनीतिसँग जड़ित रहेकोले उनको उपस्थितिमा दार्जीलिङ जिल्लामा आउँदो लोकसभा चुनाउ कदापि निष्पक्ष नहुने माकपाको भट्टाचार्यको दाबी छ।

यसैले पनि माकपाले चुनाउअघि दार्जीलिङकी वर्तमान जिल्लाशासकलाई त्यहाँबाट हटाउनु माग गरेको उनले पत्रकारहरूअघि स्पष्ट पारे। माकपाका यी वरिष्ठ नेताका अनुसार दार्जीलिङकी जिल्लाशासकलाई हटाउनपर्ने माग बोकेर माकपाले चुनाउ आयोगसँग पनि कुराकानी गर्नेछ। साथै यहाँका जिल्लाशासकलाई चुनावी कार्यबाट पर राख्नुपर्ने मागमा माकपाले चुनाउ आयोगसमक्ष ज्ञापन पनि चढ़ाउने भट्टाचार्यले जानकारी गराए।

उनले भने, “चुनाउ अघि धेरै जिल्लाका जिल्लाशासक परिवर्तन गर्नेगरिन्छ। दार्जीलिङ जिल्लाकी जिल्लाशासकलाई पनि परिवर्तन गरिनुपर्छ। उनको उपस्थितिमा दार्जीलिङ जिल्लामा निष्पक्ष चुनाउ हुनै सक्दैन।” पत्रकार सम्मेलनमा माकपाका वरिष्ठ नेता जीवेश सरकार र पूर्व सांसद समन पाठक पनि उपस्थित थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here