कोरोना सङ्क्रमण बढ़ेपछि दिल्लीमा लकडाउनको सम्भावना

0
969

नयाँ दिल्ली, 17 नोभेम्बरः पछिल्ला केही दिनयता बढ़्दो कोरोना सङ्क्रमणलाई रोक्न कठोरता अपनाउने मूडमा देखिएको केजरीवाल सरकारले दिल्लीका केही स्थानमा लकडाउन गर्ने सम्भावना देखिएको छ।

आज पत्रकारहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्री अरविन्द केजरीवालले यस्तै सङ्केत दिएका छन्।

मुख्यमन्त्री केजरीवालका अनुसार यस सम्बन्धमा दिल्ली सरकारले केन्द्रलाई एक प्रस्ताव पठाएको छ, जसमा कोरोना सङ्क्रमण अत्यधिक बढ़ेका स्थानहरूमा केही दिनका लागि लकडाउन गर्ने अनुमति मागिएको छ।

यदि केन्द्र सरकारले लकडाउनको अनुमति दिएमा कोरोना सङ्क्रमण अत्यधिक बढ़ेका स्थानहरूमा दिल्ली सरकारले लकडाउन गर्न सक्छ।

“केही बजारमा दिपावलीको समयमा मानिसहरूले लापरवाही अपनाएको देख्न पाइयो”, उनले थपे, “मानिसहरूले न मास्क लगाएका थिए न त सामाजिक दूरीलाई ध्यान दिइरहेका थिए।”

उनका अनुसार बजारहरूमा मास्क र सामाजिक दूरीको नियमलाई पालन नगरिएमा त्यस्ता ठाउँहरू कोरोना हटस्पट बन्न सक्छन्।

यसैले यस्ता ठाउँहरूमा केही दिनका लागि बन्द गर्ने अनुमति केन्द्र सरकारले दिल्ली सरकारलाई दिइयोस् भन्ने केजरीवालको माग छ।

यसका साथै कोरोनाको बढ़्दो सङ्क्रमणलाई ध्यानमा राखेर विवाह समारोहमा पहुनाहरूका उपस्थिति सङ्ख्यालाई 200 बाट घटाएर 50 गरिदिनुपर्ने प्रस्‍ताव पनि एलजीलाई पठाइएको मुख्यमन्त्रीले बताएका छन्।

उल्लेखनीय छ, दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले हिजै मात्र राजधानीमा कोभिडको तेस्रो लहर सकिएको बताउँदै लकडाउन गर्ने सरकारको कुनै योजना नरहेको स्पष्ट पारेका थिए।

“दिल्लीमा पुनः लकडाउन हुनेछैन। मलाई लाग्दैन, अब यो प्रभावी कदम साबित हुनेछ”, जैनले भनेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here