विमलले गरे जुस्लुको विघटन, नयाँ कमिटी गठन गर्न दीपेन्द्र निरौलालाई जिम्मेवारी

0
1167

दार्जीलिङ, 17 नोभेम्बरः विमल गुरुङले गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-को एक मुख्य भ्रातृ सङ्गठन जनमुक्ति अन्-अर्गनाइज्ड सेक्टर लेबर युनियन (जुस्लु) विघटन गरेका छन्।

यसका साथै नयाँ कमिटी गठन गर्नका लागि दीपेन्द्र निरौलालाई मुख्य जिम्मेवारी दिएका छन्।

आज विमल गुरुङले एक पत्र जारी गरी यस्तो घोषणा गरेका हुन्।

यस विषय लिएर निरौलाले एक पत्रकार सम्मेलनको आयोजन गरी आजदेखि जुस्लुको कागज-पत्र कसैले पनि प्रयोग गरे, त्यसलाई अवैध ठहराइने साथै प्रयोगकर्ताहरूविरुद्ध कानुनी कारबाही गरिने पनि चेताउनी दिए।

एक प्रश्‍नको उत्तरमा उनले भने, “2007-मा विमल गुरुङको नेतृत्वमा गोर्खा जनमुक्ति मोर्चाको गठन भएको थियो, त्यसपछि नै पार्टीको एक भ्रातृ सङ्गठनको रूपमा जुस्लुको पनि गठन गरिएको थियो। त्यस समयदेखि आजसम्म जुस्लु गोजमुमोको अधीनमा थियो र यसमा कुनै खेमाको कुरा छैन।’’

उनका अनुसार गत वर्ष चुनाउमा सुविधाका लागि मात्रै गोजमुमोलाई दुइवटा खेमामा विभाजन गरिएको थियो, तर चुनाउ सकिएपछि कुनै खेमा छैन।

“गोजमुमो एउटा थियो र एउटै छ। यसैले जुस्लुलाई आज विघटन गरिएको छ। साथै आउँदो एक महिनाभित्र यसको नयाँ कमिटी गठन गरिनेछ’’, निरौलाले थपे, “तर यस समयसम्म जुस्लूको कागज पत्र, लेडर हेड आदि कसैले पनि प्रयोग गर्न पाउने छैन।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here