पहाड़मा श्रेय लिने होड़बाजी चलिरहन्छ, मन घिसिङले भने – हामी श्रेय लिनका लागि काम गर्दैनौं

0
1033

 पत्रकारहरूलाई सम्बोधन गर्दै गोरामुमो अध्यक्ष मन घिसिङ, एचपीडब्ल्यूयू अध्यक्ष जेबी तामाङ र अन्य।
दार्जीलिङ1 अक्टोबर : पहाड़का चियाकमानका मुद्दाहरूलाई लिएर पहाड़का राजनीतिक दलहरूबीच श्रेयको होड़बाजी चलिरहेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) प्रमुख मन घिसिङले बताएका छन्। उनका अनुसार अन्य श्रमिक सङ्गठन र राजनीतिक दलहरूले चियाश्रमिकहरूको मुद्दालाई लिएक केवल श्रेय लिने कार्य गरिरहेको पनि बताए।
घिसिङले यो बयान सोमवार दार्जीलिङमा एचपीडब्ल्यूयूको अस्थायी कार्यालयको उद्घाटन कार्यक्रमपछि पत्रकारहरूलाई सम्बोधन गर्दै भनेका हुन्। एचपीडब्ल्यूयूको यो अस्थायी कार्यालय स्थानीय डा. जाकिर हुसैन रोडमा खोलिएको छ।
श्रेय लिनु सबैलाई इच्छा होलातर हामीले श्रेय लिनका लागि खटेका होइनौं। गोरामुमोको श्रमिक सङ्गठन हिमालयन प्लाण्टेशन लेबर युनियन (एचपीडब्ल्यूयू) -ले श्रमिकहरूको हक हितमा के कति कार्य गरिरहेको छत्यो सबैलाई थाह छगोरामुमो अध्यक्षले थपेएचपीडब्ल्यूयूले श्रमिकहरूको हक हितका लागि काम गर्नेछ। र गर्दै पनि आएको छ। हामीलाई श्रेय लिनु छैन। श्रेय लिने काम पनि हामी गर्दैनौं।
उनका अनुसार गोरामुमो र यसका श्रमिक सङ्गठन चियाश्रमिकहरूको हकहित र अधिकारका लागि प्रतिबद्ध रहेको पनि दाबी गरे। यसैबीच एक प्रश्नको उत्तरमा उनले आगामी लोकसभा चुनाउका लागि गोरामुमोले अहिले नै कुनै निर्णय नलिएको बताए।
अहिले समय छ। हामी उचित समयमा निर्णायक निर्णय लिएर आगामी चुनाउमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछौंगोरामुमो अध्यक्ष मन घिसिङले भने।
20 प्रतिशत हाम्रो माग होयोभन्दा कम्तीको बोनस हामी मान्दैनौं : जेबी तामाङ

अर्कोतिर एचपीडब्ल्यूयूका अध्यक्ष जेबी तामाङले 20 प्रतिशतभन्दा कम्ती दरको बोनस नथाप्ने आफूहरूको अड़ानलाई दोहोर्‍याएका छन्। उनले भने20 प्रतिशत हाम्रो माग हो। योभन्दा कम्तीको बोनस हामी मान्नेछैनौं। उनले पछिल्लो 105 दिनको बन्दावधि श्रमिकलाई एक पैसा नदिने मालिकवर्गले घाटा देखाएर बोनस दर घटारहेको पनि बताए।
बन्दमा श्रमिकहरूलाई मालिकहरूले न त एक किलो चामल दियो न त एक पैसा नै। तब कसरी घाटा भयो?उनले प्रश्न गरे। तामाङका अनुसार पछिल्लो आन्दोलन राजनीतिक थियो। श्रमिकहरूले गरेको आन्दोलन थिएन। जतिबेला आन्दोलन शुरु भएको थियोत्यतिबेला पहिलो टिपाइ सकिसकेको थियो भने दोस्रो टिपाइ पनि प्रायः अन्तिम चरणमा थियो।
यसैले पनि यी दुई टिपाइबाट मालिकवर्गले कमाइ उठाइसकेको थियो। घाटा देखाएर उनीहरूले श्रमिकहरूलाई शोषण गर्ने का गर्दैछत्यसको हामी घोर विरोध गर्छौं। भर्त्सना जनाउँछौंएचपीडब्ल्यूयू अध्यक्षले भने। तामाङका अनुसार यसै विषय लिएर भोलिदेखि जोइन्ट फोरमले प्रत्येक चियाकमानमा गेट मिटिङ गर्नेछ। गेटसभामा मुख्य माग चियाश्रमिकले 20 प्रतिशतको दरले बोनस पाउनुपर्ने रहेछ।
उनले पछिल्लो आन्दोलन गर्ने राजनीतिक पार्टी आज सत्तामा छु भन्दै धाक पिटिरहेको आरोप पनि लगाए। अहिले जीटीएमा जुन व्यक्तिहरूले बसेका छन्उनीहरूले बन्द डाकेका हुन्। उनीहरूले बन्द खोलेका हुन्। उनीहरूले चियाश्रमिकहरूलाई 105 दिनको क्षतिपूर्ति दिनुपर्छ। किनभने अन्य कर्मचारीहरूले 105 दिनको बन्दको वेतन पाएका छन्, जेबी तामाङले थपेयसैगरी मालिकले पहाड़मा 20 प्रतिशतको दरले बोनस दिएको हुनुपर्छ। यदि मालिकवर्गले 20 प्रतिशतको दरले बोनस नदिएहामी मान्दैनौं। जसरी पनि 20 प्रतिशतको दरले बोनस दिएको हुनुपर्छ।
तामाङले दार्जीलिङ बाहिर रहेका डीटीए सचिव पनि दार्जीलिङ आएर बोनस विषय लिएर द्विपक्षीय वार्ता गर्नुपर्ने माग गरेका छन्।
उनले भनेनोटिस दिएर उनी यसरी बाहिर बस्नु पाउँदैन। यो कानुनको उल्लङ्घन पनि हो। आज सबै श्रमिक सङ्गठनलाई बोलाएर मिटिङ गर्ने बेलामा उ कसरी बाहिर जाँदैछ। के भारतभित्र दुईवटा कानून छतराई-डुवर्स र दार्जीलिङका चियाश्रमिकका लागि भिन्नाभिन्नै। तराई-डुवर्सका चियाश्रमिकहरूले बोनस पाइसक्दा दार्जीलिङका लागि बैठक नै भएको छैन। सरकार किन बोल्दैन। सरकार बोलेको हुनुपर्छ। हस्तक्षेप गरेको हुनुपर्छ।
यसभन्दा अघि स्थानीय जाकिर हुसैन रोडमा आज एचपीडब्ल्यूयूको अस्थायी कार्यालयको विधिवत रूपमा उद्घाटन गरिएको थियो। गोरामुमो अध्यक्ष मन घिसिङको उपस्थितिमा एचपीडब्ल्यूयू अध्यक्ष जेबी तामाङले रिबन काटेर यो कार्यालयको उद्घाटन गरेका थिए। यसअवधिमा पार्टीका अन्य कार्यकर्ता पनि उपस्थित थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here