जुस्लुका प्रतिनिधिहरूद्वारा विमल गुरुङसँग बैठक, नयाँ समिति चाँड़ै गठन गरिने

0
1023
जुस्लु प्रतिनिधिहरूसँग विमल गुरुङ।

दार्जीलिङ, 19 नोभेम्बरः जनमुक्ति अन्-अर्गनाइज्ड सेक्टर लेबर युनियन (जुस्लु)-का प्रतिनिधिहरूले आज पार्टी अध्यक्ष विमल गुरुङसँग भेट गरी साङ्गठनिक विषयक महत्त्वपूर्ण बैठक गरेको जानकारी प्राप्त भएको छ।

बैठकमा जुस्लु संयोजक दीपेन्द्र निरौलालगायत अन्य सदस्यहरू उपस्थित थिए।

उल्लेखनीय छ, गुरुङले पछिल्लो 17 नोभेम्बरका दिन जुस्लुको केन्द्रिय कमिटी विघटन गरी नयाँ कमिटी गठन गर्नका लागि दीपेन्द्र निरौलालाई जिम्मेवारी दिइएको छ।

दुई दिनअघि विघटन गरिएको जुस्लु केन्द्रिय समितिको गठनबारे बैठकमा चर्चा-परिचर्चा गर्नका साथै नयाँ कमिटी गठन गरिने निर्णय लिएको छ।

यसका साथै आउँदा दिनमा जुस्लुले निर्वाह गर्नुपर्ने भूमिकाबारे पनि चर्चा गरिएको बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here