हट्यो सवारी साधनमाथि लगाइएको प्रतिबन्ध

0
888

गान्तोक, 20 नोभेम्बरः सिक्किम सरकारको परिवहन विभागले सार्वजनिक सवारी साधनमा लगाएका सबै प्रतिबन्धलाई तत्काल प्रभावका साथ हटाएको छ।

विभागले शुक्रवार एउटा कार्यालय आदेश जारी गरेर सार्वजनिक सवारी साधनमा लगाएको यात्रु क्षमता प्रतिबन्धलाई हटाउनका साथै भाड़ा दरलाई पनि सामान्य बनाएको छ।

यसबाहेक स्कुटी र मोटर बाइकमा लगाइएको दुइजना सवार हुन नपाउने प्रतिबन्धलाई पनि विभागले समाप्त गरेको छ।

यात्रु क्षमता प्रतिबन्ध हट्नका साथै अब सार्वजनिक सवारी साधनले परिवहन विभागको मोटर भेहिकल डिभिजनले 17 नोभेम्बर 2018 मा जारी गरेको अधिसूचनाको आधारमा नै भाड़ा उठाउनु पर्नेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here