विधायक मिहिर गोस्वामीले दिए तृणमूलबाट राजीनामा, भाजपामा सामेल हुने!

0
933

नयाँ दिल्ली, 27 नोभेम्बरः बङ्गालको सत्तारूढ़ दल तृणमूल कङ्ग्रेसलाई दोहोरो झट्का लागेको छ। तृणमूलका वरिष्ठ नेता एवं परिवहन मन्त्री सुवेन्दु अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्।

त्यहीं तृणमूल विधायक मिहिर गोस्वामीले पनि पार्टीबाट राजीनामा दिएर दिल्ली प्रस्थान गरेका छन्। उनी भाजपा सांसद नितिश प्रमाणिकसँग दिल्ली गएका हुन्। आजै गोस्वामी भाजपामा सामेल हुने सम्भावना छ।

अर्कोतिर ताजा घटनाबारे तृणमूल कङ्ग्रेसले कुनै प्रतिक्रिया व्यक्त गरेको छैन।

तृणमूल नेता रवीन्द्रनाथ घोषले दुई दिनअघि मात्र गोस्वामीसँग भेटनवार्ता गरेका थिए।

“पार्टीमा बसिरहनु मेरा लागि कठिन भएको छ। म थप अपमान चाहन्न”, विधायक मिहिर गोस्वामीले हिजो (बिहीबार) भनेका थिए।

कोचबिहार दक्षिणका तृणमूल विधायक गोस्वामीले पछिल्लो अक्टोबर महिनामा भाजपा सांसद प्रमाणिकसँग भेट गरेपछि भाजपामा सामेल हुने चर्चा चुलिएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here