खरसाङ, 27 नोभेम्बरः आउँदो 29 नोभेम्बरका दिन विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-ले खरसाङको जनसभालाई सम्बोधन गर्नेछन्।
जनसभा खरसाङ महकुमा समितिले आयोजन गरेको हो। यो जनसभा स्थानीय मोटर स्ट्याण्डमा सम्पन्न हुनेछ।
यसै जनसभालाई सम्बोधन गर्न रोशन गिरीलगायत युवा मोर्चाका सल्लाहकार एवं पूर्व सभासद् दीपेन माले भोलि कोलकाताबाट सिलगढ़ी आउँदैछन्। जानकारीका अनुसार उनीहरू भोलि सिलगढ़ीमै बस्नेछन् भने पर्सि अर्थात् 29 नोभेम्बरका बिहानै खरसाङ चढ़्नेछन्।
अर्कोतिर, विमलपन्थी मोर्चाको खरसाङ महकुमा समितिले जनसभाको तयारी शुरू गरेको छ।
जानकारीका अनुसार जनसभाका लागि प्रशासनले अनुमति दिइएको छ।
यसैबीच, जनसभालाई केन्द्र गरी भोलि खरसाङ बजारमा झण्डा लगाउने कार्यक्रम राखिएको पनि बताइएको छ।