राज्य क्याबिनेटले पारित गऱ्यो विभिन्न प्रस्ताव

0
921

गान्तोक, 27 नोभेम्बरः सरकारी कर्मचारीलाई राज्य सरकारको पूर्ण अथवा आंशिक रूपमा नियण्त्रण वा स्वामित्वमा रहेका सार्वजनिक उपक्रम, स्वायत्त निकाय वा अन्य निकायमा प्रति-नियुक्तिका लागि तयार पारिएका नियम तथा शर्तहरूलाई 25 नोभेम्बरमा बसेको राज्य क्याबिनेट बैठकले अनुमोदन गरेको छ।

सिक्किम फिल्म प्रमोशन बोर्डको गठन गर्ने र सिक्किम व्यवसायको आवन्टन (संशोधन) नियम, 2019 मा संशोधन गरी यसलाई सूचना तथा जनसम्पर्क विभागको नियन्त्रणमा राख्ने प्रस्तावलाई पनि क्याबिनेटले पारित गरेको छ।

यसरी नै टर्मिनल लाभको अनुदानको उद्देश्यले शहरी विकास विभागअन्तर्गत् अस्थायी कर्मचारीहरू (मस्टर रोल)-को प्रारम्भिक नियुक्तिको मिति निर्धारणका लागि गरिने प्रक्रियालाई पनि क्याबिनेट बैठकले अनुमोदन गरेको छ।

सड़क तथा पुल विभागअन्तर्गत् ई-टेण्डरिङ कार्यका लागि 12 जून 2018-को अधिसूचना संशोधन गर्ने प्रस्तावलाई पनि क्याबिनेटले स्वीकृति दिएको छ।

यसका साथै 25 नोभोम्बरमा बसेको राज्य क्याबिनेट बैठकले विभिन्न विभागअन्तर्गत् आवश्यक धनराशिलाई प्रशासनिक स्वीकृति दिनसितै पारित पनि गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here