राज्यपालद्वारा मणिपालमा मलेक्युलर ल्याबको उद्घाटन

0
926

गान्तोक, 2 दिसम्बरः  सिक्किम मणिपाल इन्स्टिट्युट अव् मेडिकल साइन्समा निर्माण गरिएको मलेक्युलर ल्याबरोटरी (molecular laboratory) -को आज (बुधबार) राज्यपाल गङ्गा प्रसादले भर्चुअल उद्घाटन गरे।

उद्घाटन समारोहमा मुख्यमन्त्री पीएस गोले मुख्य अतिथि तथा स्वास्थ्य विभागका मन्त्री डा. एमके शर्मा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

यस मलेक्युलर ल्याबरोटरीको उद्घाटनसितै अब मणिपालमा पनि कोभिड-19 को आरटीपीसीआर टेस्ट जाँच शुरू हुनेछ।

आफ्नो सम्बोधनमा राज्यपाल गङ्गा प्रसादले सिक्किम मणिपाल विश्वविद्यालयलाई यस उपलब्धिका लागि बधाई दिए।

सङ्क्रमित रोगको प्रकोप फैलिएको अवस्थामा परीक्षणका लागि स्वास्थ्यकर्मीहरू सक्रिय हुनुपर्छ भन्दै यसले रोग खुट्याउन र सङ्क्रमणलाई नियन्त्रण गर्न ठूलो सहयोग पुग्ने राज्यपालको भनाइ छ।

यसका साथै विभिन्न कारणसँगै उचित परीक्षणको कमीले गर्दा सामुदायिक स्तरमा महामारी फैलने सम्भावना रहने बताउँदै राज्यपालले यस महामारीको समय जाँच प्रयोगशालाको महत्त्व अधिक बढ़ेर गएको जनाए।

आफ्नो सम्बोधनमा मुख्यमन्त्री पीएस गोलेले आणविक प्रयोगशाला समयको आवश्यक्ता रहेको बताए। कोभिड महामारीका क्रममा RTPCR र CBNAT नमूनाको परीक्षण गर्न प्रयोगशाला स्थापना गर्न मणिपालले गरेको प्रयासको मुख्यमन्त्रीले मुग्धकण्ठले सराहना गरे। गोलेले आफ्नो सरकारले सिक्किममा स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याएर यसलाई उच्च स्तरमा पुर्‍याउन सकेको पनि दावी गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here