मन्त्री कुङ्गा निमा लेप्चा अस्वस्थ, अस्पतालमा भर्ना

0
900

गान्तोक, 2 दिसम्बरः  सिक्किम सरकारका शिक्षा एवम् खेल मन्त्री कुङ्गा निमा लेप्चाको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि आज उनलाई नयाँ दिल्ली लगिएको छ।

हिजो अचानक उनको स्वास्थ्य अवस्था बिग्रिएपछि एसटीएनएम अस्पताल पुऱ्याइएको थियो।

यहाँबाट आज बिहानै हेलिकप्टरमार्फत् बाघडुग्रा हवाईअड्डासम्म लगिएपछि त्यहाँबाट उनलाई एयर एम्बुलेन्सद्वारा आज बेलुकीपख नयाँ दिल्लीको बीएलके सुपर स्पेशिअलिटी हस्पिटलमा पुऱ्याइ भर्ना गरिएको छ।

विश्वसनीय सूत्रबाट प्राप्त जानकारीका अनुसार उनको प्रारम्भिक जाँच शुरू भएको छ भने स्वास्थ्यमा केही सुधार पनि आएको बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here