6 दिसम्बर विमलको जनसभा गान्धी मैदानमा

0
928
(फाइल फोटो)।

सिलगढ़ी, 3 दिसम्बरः आउँदो 6 दिसम्बरका दिन विमल गुरुङको जनसभा सिलगढ़ीको दुई माइल चेक पोस्टस्थित गान्धी मैदानमा हुनेछ।

यसभन्दा अघि जनसभा यो जनसभा बाघजतिन पार्कमा हुने भनिएको थियो। तर, बाघजतिन पार्क जनसभाका लागि सानो हुने भएकाले विमलपन्थी गोजमुमोले जनसभा गान्धी मैदान गर्ने प्रशासनलाई अनुमति मागेको थियो।

जानकारीका अनुसार प्रशासनले जनसभाका लागि अनुमति दिइएको छ।

अर्कोतिर जनसभामा पहाड़, तराई अनि डुवर्सबाट हजारौँको सङ्ख्यामा समर्थकहरू गान्धी मैदानमा जुट्ने विमलपन्थी मोर्चाको दावी छ।

प्रमुख वक्ताको विमल गुरुङ उपस्थित रहने यो जनसभा बिहान 9 बजीदेखि शुरू हुनेछ।

पछिल्लो गोर्खाल्याण्ड आन्दोलनपछि विमल गुरुङ पहिलोपटक सार्वजनिक रूपमा आफ्ना समर्थकहरूअघि देखिने मात्र छैनन् तर करिब साढ़े तीन वर्षपछि पहिलोपटक जनसभामार्फत् आफ्ना समर्थकहरूलाई सम्बोधन पनि गर्नेछन्।

उल्लेखनीय छ, गोर्खा जनमुक्ति मोर्चाको गठन गरेपछि शुरूमा पनि विमल गुरुङले यसै गान्धी मैदानमा जनसभा गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here