![]() |
| रविना टण्डन (फाइल फोटो)। |
बलिवुड अभिनेत्री रविना टण्डनविरुद्ध बिहारको मुजफ्फरपुरस्थित काजी मोहम्मदपुर थानामा प्राथमिकी दर्ता गरिएको छ। गत महिना सड़क यातायातमा व्यवधान सिर्जना गरेको आरोपमा अभिनेत्री टण्डनविरुद्ध बिहीवार उक्त थानामा प्राथमिकी दर्ता गरिएको हो।
काजी मोहम्मदपुर थाना अधिकारी सुजाउद्दीनका अनुसार अतिरिक्त मुख्य न्यायिक दण्डाधिकारी दीपक कुमारद्वारा पछिल्लो ५ नोभेम्बरमा पारित एक आदेशलाई केन्द्र गरी टण्डनविरुद्ध प्राथमिकी दर्ता गरिएको हो।
अधिवक्ता सुधीर कुमार ओझाले मुजफ्फरपुरका मुख्य न्यायिक दण्डाधिकारीको अदालतमा यी अभिनेत्रीविरुद्ध उजुरी गरेका थिए। गत १२ अक्टोबरको दिन रविना टण्डनले मुजफ्फरपुर निवासी प्रणव कुमार र उमेश सिंहको होटल उद्घाटन गर्दा यातायातमा बाधा पुगेको अधिवक्ता ओझाले उजुरीमा उल्लेख गरेका थिए।
स्मरणरहोस्. एक होटलको उद्घाटन गर्न १२ अक्टोबरमा रविना मुजफ्फरपुर आएकी थिइन्। यो मामिलालाई लिएर होटलका मालिकविरुद्ध पनि उजुरी गरिएको थियो। उजुरीका अनुसार रविना टण्डनको कारण लामो समयसम्म ट्राफिक जाम भएको थियो। जसको कारण उजुरीकर्ता सुधीर कुमार ओझा लामो समयसम्म ट्राफिक जाममा फँसेका थिए। आफू उजुरीलाई ध्यान दिएर मामिला दर्ता गर्ने उनले कोर्टसँग निवेदन गरेका थिए।



