जीपीटीओ पुनः सक्रिय, केन्द्रिय समिति गठन

0
982

दार्जीलिङ, 4 दिसम्बरः गोर्खा प्राथमिक शिक्षक सङ्गठन (जीपीटीओ) पुनः सक्रिय बनेको छ।

विमल गुरुङपन्थी गोजमुमोको एक मुख्य भ्रातृ सङ्गठनको रूपमा परिचित जीपीटीओ पनि वर्ष 2017-को आन्दोलनसँगै पूर्णरूपले निष्क्रिय बनेको थियो भने 3 वर्षपछि यो पुनः सक्रिय बनेको छ।

जीपीटीओ सक्रिय बन्नसाथ यसले प्रथम मुद्दाको रूपमा वर्ष 2018-को अन्ततिर नियुक्त गरिएका 121 जना प्राथमिक शिक्षकहरूमध्ये साँचो स्वयंसेवी शिक्षकहरूबाहेक अन्यको नियुक्ति रद्द गर्नुपर्ने माग उठाएको छ।

उल्लेखनीय छ, 2018-को अन्ततिर स्थानीय चौरस्तामा नै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले 121 जना प्राथमिक शिक्षकको नियुक्तिको घोषणा गरेकी थिइन्, जसमध्ये केहीलाई त्यसै समय मुख्यमन्त्रीको हातबाट नियुक्ति-पत्र प्रदान गरिएको थियो भने अन्यलाई जिल्लापालमार्फत् नियुक्ति प्रदान गरिएको थियो।

त्यसै विषयमाथि जीपीटीओले आज कुरा उठान गर्दै त्यस समय धेरैजना असक्षम स्वयंसेवी शिक्षकहरूले पनि नियुक्ति पाएको आरोप लगाएको छ।

उनले भने, “सक्षम अनि साँचोरूपले स्वयंसेवी शिक्षकको रूपमा सेवा पुऱ्याउनेहरूको नियुक्ति विषय लिएर गोर्खा प्राथमिक शिक्षक सङ्गठनलाई भन्नु केही छैन, तर जो असक्षम अनि स्वयंसेवी शिक्षकका रूपमा ठीकसितले काम पनि गरेनन्, त्यस्ता शिक्षकहरूको नियुक्ति खारेज गर्नुपर्छ।’’

यस विषय लिएर सङ्गठनले शीघ्रै सम्बन्धित निकायहरूसित पनि भेट गर्ने योजना बनाएको गिरीले बताए।

यसैबीच, आज स्थानीय गोर्खा दुःख निवारक सम्मेलन भवनमा जीपीटीओको एक सभा भएको अनि त्यसै सभाबीच 42 सदस्यीय केन्द्रिय समितिको गठन गरिएको पनि उनले जानकारी गराए, जसमा अध्यक्ष सत्यन गिरी, सचिव सत्यपाल राईका साथै अन्य सामेल छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here