भाजपाको ऱ्यालीमाथि हमला, तृणमूल कङ्ग्रेसमाथि आरोप

0
968
(फोटोः एएनआई ट्विटर।)

कोलकाता, 5 दिसम्बरः जति जति बङ्गाल विधानसभाको चुनाउ नजिकिँदैछ, उति उति बङ्गालमा हिंसा पनि बढ़्दै गइरहेको छ।

यसैक्रममा आज पश्चिम बर्धमान जिल्लाको आसनसोलस्थित जामग्राममा आयोजित भाजपाको ऱ्यालीमाथि बम फ्याँकिएको घटना प्रकाशमा आएको छ।

जानकारीका अनुसार भाजपा कार्यकर्ताहरूले बर्धमान जिल्लामा आज सम्पर्क अभियान चलाइरहेका थिए। हमलामा सातजना भाजपा कार्यकर्ता घाइते भएको बताइएको छ।

भाजपाका स्थानीय नेता लेखन घोरुईले समाचार एजेन्सी एएनआईसँग कुराकानी गर्दै भने, “तृणमूल कङ्ग्रेसका गुण्डाहरू फाइरिङ गरे। बम फ्याँके।”

उनका अनुसार घाइते भाजपा कार्यकर्ताहरूलाई स्थानीय अस्पतालमा भर्ती गरिएको छ। सहयोग माग्दा पनि पुलिसले पनि सहयोग नगरेको यी भाजपा नेताले आरोप छ। अर्कोतिर, भाजपाले हिंसा गरेको तृणमूल कङ्ग्रेसको आरोप छ। स्थानीय तृणमूल नेता विधान उपाध्यायले यस्तो आरोप लगाउँदै भने, “भाजपाको आज ऱ्याली थियो। भाजपा कार्यकर्ताहरू बम बोकेर ऱ्यालीमा आएका थिए। उनीहरूले हामीमाथि हमला गरे।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here