कोलकाता, 3 फरवरी : शारदा र रोजभेल्ली चिटफण्ड घोटालाको कारण कोलकाताका पुलिस कमिश्नर राजीव कुमारको समस्या बढ़ेको छ। यो घोटालाकाण्डबारे उनीसँग सीबीआईले केरकार गर्न चाहन्छ।
सूत्रका अनुसार सीबीआईले कुनै पनि समय उनलाई पक्राउ गर्नसक्छ। पुलिस कमिश्नर कुमार तीनदिनदेखि बेपता रहेको बताइँदैछ।
चिटफण्ड घोटालाकाण्डमा सीबीआईले अघिबाटै मुख्यमन्त्री ममता ब्यानर्जीका धेरै नजिकका मानिसहरूलाई पक्राउ गरिसकेको छ।
1989 ब्याचका आईपीएस अधिकारी राजीव कुमारले चिटफण्ड घोटालामा कथित रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको आरोप छ। उनलाई मुख्यमन्त्रीको नजिकका मानिन्छ।
यो सीबीआईको इतिहासका यो ती केही थोरै मामिलाहरूमध्ये एक हो, जसमा सेवारत आईपीएस अधिकारीको भूमिका जाँचको घेरामा परेको छ। र देशको सबैभन्दा ठूलो एजेन्सीले उनलाई पक्राउ गर्ने तयारी गरिरहेकोछ।
महत्त्वपूर्ण कुरा के छ भने राजीव कुमारले बङ्गालको बहुचर्चित शारदा र रोजभेल्ली घोटालाको जाँच कार्यको अगुवाइ गरिरहेका थिए। उनीद्वारा जाँच गरेका दस्तावेजहरू सीबीआई प्राप्त गर्न चाहन्छ।
सूत्रका अनुसार, राजीव कुमारले यो मामिलाको जाँच गर्ने एसआईटीलाई कुमारले नै नेतृत्व गरेका थिए। यद्यपि यो जाँच कार्यको सुस्त गति शङ्काको घेरामा परेका छ।
सूत्रले थप बताएअनुसार राजीव कुमार पछिल्ला तीन दिनेदेखि बेपता छन्। आगामी लोकसभा चुनाउको तयारीलाई केन्द्र गरी चुनाउ आयोगद्वारा डाकिएको बैठकमा पनि उनी उपस्थित भएनन्। चुनाउलाई लिएर डाकिएको महत्त्वपूर्ण बैठकमा अनुपस्थित रहेपछि उनलाई चुनाउ आयोगले पनि कारण बताउनुपर्ने भनेको छ।