क्रामाकपाको एउटै माग गोर्खाल्याण्ड

0
926

दार्जीलिङ, 9 दिसम्बरः क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा) आफ्नो 24औं स्थापना दिवस पालनका लागि कम्मर कसेर अघि बढ़िरहेको छ।

पार्टीको यो स्थापना दिवसलाई भव्य र सफल बनाउनका लागि नै पार्टीले लगातार दार्जीलिङ पहाड़का विभिन्न स्थानमा कोठे बैठकहरू गरिरहेको छ भने आज सोनादा क्षेत्रमा व्यापक पोस्टरिङ पनि गऱ्यो।

यस अवसरमा पार्टीले आज सोनादा बजार परिसरमा जनसम्पर्क अभियान पनि चलाएको थियो।

यति मात्रै होइन, हिजो क्रामाकपा धोत्रे बालासनमा जोनल कमिटीको एक साधारण सभा वीरबल राईको अध्यक्षतामा सम्पन्न भएको थियो, जुन सभामा क्षेत्रका नेतृत्वगण क्रमैले केडी राई , जीबी राई, राजधन राई, भक्त पाख्रिन, सुशन तामाङ, विन्दुशिला राई, रीता राईलगायत अन्य उपस्थित थिए।

सभामा आउँदो 15 दिसम्बरका दिन आयोजन गरिने पार्टीको 24औं स्थापना दिवसलाई कसरी सफल बनाउनुपर्ने विषयबारे व्यापक चर्चा गरियो।

यसैबीच, सभामा वक्ताहरुले दार्जीलिङ पहाड़को वर्तमान राजनीतिक स्थितिमाथि पनि चर्चा गरे, जसमा क्रामाकपाको एउटै माग छुट्टै राज्य गोर्खाल्याण्ड हो भन्ने बताउँदै यसैका लागि क्रामाकपाले भारतीय जनता पार्टीलाई गत लोकसभा चुनाउमा सहयोग गरेको पार्टीले बताएको छ।

यस विषय लिएर पनि पार्टीको स्थापना दिवस समारोहमा विशेष चर्चा गरिने तय भएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here