नयाँ दिल्ली, 9 दिसम्बरः हिन्दीका प्रख्यात लेखक एवं कवि मङ्गलेश डबरालको निधन भएको छ।
उनको आज निधन भएको हो। उनी 72 वर्षका थिए। कोरोना सङ्क्रमित बनेपछि कवि डबरालको स्वास्थ्य अवस्था अत्यन्त सोचनीय बनेको थियो।
शुरूमा उनी गाजियाबादको एक प्राइभेट अस्पतालमा उपचाराधीन थिए। तर त्यहाँ उनको स्वास्थ्य अवस्था झन् गम्भीर बनेपछि एम्समा भर्ती गरिएको थियो।
मङ्गलेश डबराल समकालीन हिन्दी कविहरूमा सबैभन्दा चर्चित नाम हो। 2000 –मा हम जो देखते हैं काव्यकृतिका लागि साहित्य अकादमी पुरस्कारले समेत सम्मानित उनको जन्म 14 मई 1949 –मा टिहरी गढ़वाल, उत्तराखण्डमा भएको थियो।
पहाड़ पर लालटेन, घर का रास्ता, हम जो देखते हैं, आवाज भी एक जगह है र नये युग में शत्रु गरी पाँचवटा काव्यकृति प्रकाशित छन्।
यसैगरी रोटी र कवि का अकेलापन गद्य सङ्ग्रह तथा एक बार आयोवा यात्रावृत्त पनि प्रकाशित छन्।