गोर्खा रेडिमेन्ट पूर्ण रूपले गोर्खाका लागि सुरक्षित राखिनुपर्छः एसपी प्रधान

0
1276

दार्जीलिङ, 10 दिसम्बरः गोर्खा रेजिमेन्टमा कुमाउ र गड़वालीहरूको भर्ना प्रक्रिया शुरू गरिएकोमा तीव्र प्रतिक्रिया व्यक्त गर्दै अल इण्डिया गोर्खा भूतपूर्व सैनिक वेलफेयर एसोसिएशनले देशको रक्षा मन्त्रालयका साथै सम्बन्धित निकायहरूमा पत्राचार गरेको छ।

एसोसिएशनका पश्‍चिम बङ्गाल अध्यक्ष एसपी प्रधानले यसबारे जानकारी गराएका छन्।

“गोर्खा रेजिमेन्टलाई पूर्ण रूपले गोर्खाका लागि नै सुरक्षित राख्नुपर्छ, यसमा अन्य कुनै पनि जातिलाई समावेश गर्नु उचित हुँदैन’’, प्रधानले भने।

यसका साथै उनले गोर्खा रेजिमेन्टलाई गोर्खाकै लागि सुरक्षित राख्नका लागि देशका गोर्खा युवाहरूलाई सेनामा भर्ना हुन उत्साहित बन्ने पनि आह्वान गरेका छन्।

उनले भने, “”यसका लागि दार्जीलिङ पहाड़का प्रत्येक अभिभावक, समाज साथै सम्पूर्ण राजनैतिक पार्टीले पनि आवाज उठाउनुपर्छ। साखै आफ्ना 17 देखि 21 वर्षसम्मका छोराहरूलाई सेनामा भर्ना हुन प्रोत्साहित तुल्याउनुपर्छ।’’

देशको गोर्खा रेजिमेन्ट गोर्खाकै लागि सुरक्षित बनाउनु हो अनि यसमा अन्य जातिलाई अवसर दिनबाट रोक्न गोर्खा युवाहरूका साथै अभिभावकहरू नै सचेत बन्नुपर्ने प्रधानका भनाइ छ।

यसका लागि दार्जीलिङ पहाड़का सबै राजनैतिक पार्टीले पनि आवाज चर्को गर्नुपर्ने कुरामा उनले जोड़ दिएका छन्। ताकि यहाँका बेरोजगार युवाहरू गोर्खा रेजिमेन्टमा भर्ना होस् अनि गोर्खा रेजिमेन्टको अस्तित्व गोर्खाकै लागि सुरक्षित बनोस्।

एसपी प्रधानले यस विषयमा दार्जीलिङ पहाड़का प्रत्येक जनतालाई पनि सचेत हुने आह्वान गर्दै यसका लागि उचित पाइला चाल्ने सही समय हो अहिले नै हो भन्ने पनि बताए।

उनले भने, “दार्जीलिङ पहाड़मा 17 देखि 21 वर्षसम्मका धेरै बेरोजगार युवा छन्, तर उनीहरू सेनामा भर्ना हुन चाहँदैनन्। यसको एक मुख्य कारण हाम्रा युवाहरूको शिक्षामा कमी, शिक्षा हुनेहरू कुद्नु वा शारीरिकरूपले असक्षम हुने गरेका छन्। यसैकारण गोर्खा रेजिमेन्टमा गोर्खाको स्थान अब अन्य जात जस्तै कुमाउ र गड़वालीले लिन थालिसकेका छन्।’’

अर्कोतिर, कुमाउ र गढ़वालीहरूको टोपी गोर्खा सेनाको टोपीसित मेल खाने हुनाले पनि उनीहरूलाई गोर्खा रेजिमेन्टमा सामेल गर्ने पहल गरिएको हुनसक्ने उनले अनुमान लगाए।

प्रधानले दिएको जानकारीका अनुसार हाल कुल 11 वटा गोर्खा रेजिमेन्टमध्ये 7 वटा भारतमा छन्, जसमा केवल गोर्खाको मात्रै भर्ना हुने गरेको थियो। तर, केन्द्र सरकारको निर्णयअनुसार, गोर्खा रेजिमेन्टमा कुमाउ र गड़वाली युवाहरूको पनि भर्ना शुरू भइसकेको छ। जसलाई रोक्न प्रत्येक गोर्खा समाज, राजनैतिक पार्टीहरू सचेत हुन आवश्यक रहेको उनको सुझाउ छ।

यसैबीच, उनले पछिल्लो 7 दिसम्बरदेखि नै दार्जीलिङ पहाड़का विभिन्न स्थानमा गोर्खा रेजिमेन्टमा भर्नाको अनलाइन रेजिस्ट्रेशनका लागि भूतपूर्व सैनिक वेलफेयर एसोसिएशनले शिविरहरूको आयोजन गरिरहेको पनि जानकारी गराए, जसमा इच्छुक युवाहरूलाई भर्नाको लागि के गर्नुपर्छ भन्नेबारे जानकारी गराउने वा सिकाउने काम गर्ने गरिन्छ।

यति मात्रै होइन, गोर्खा युवाहरूलाई गोर्खा रेजिमेन्टमा भर्ना हुनका लागि आवश्यक पर्ने तालिम पनि दिइरहेको प्रधानले बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here