गान्तोक, 10 दिसम्बरः एसडीएफ चेली मोर्चाले बिहीबार बाइपासस्थित पार्टी मुख्यालयमा एउटा बैठक गरी भावी कार्यक्रमहरूबारे छलफल गरेको छ।
चेली मोर्चाका विभिन्न एजेण्डा लिएर अब जनता र आफ्ना समर्थकहरूमा जाने आजको बैठकले निर्णय लिएको छ।
बैठकमा विभिन्न जिल्लाबाट आएका चेली मोर्चा प्रतिनिधिहरूले खुल्ला बहसमा भाग लिएर आ-आफ्ना सुझाउहरू राखेका थिए।
पार्टीकी वरिष्ठ नेत्री तथा पूर्व विधायक मणिता प्रधानले यसघड़ी सबै एकजुट भएर पार्टी सङ्गठनलाई बलियो बनाउन आह्वान गरिन्।
एसडीएफले पार्टीले सिक्किमे चेलीहरूलाई न्याय दिएको दावी गर्दै उनले यसलाई अघि बढ़ाउन आवश्यक रहेको बताइन्।