सुवेन्दु अधिकारीलाई केन्द्रिय गृह मन्त्रालयबाट जेड श्रेणीको सुरक्षा व्यवस्था

0
1113

नयाँ दिल्ली, 15 दिसम्बरः तृणमूल कङ्ग्रेसका विद्रोही नेता सुवेन्दु अधिकारीलाई केन्द्रिय गृह मन्त्रालयले जेड श्रेणीको सुरक्षा व्यवस्था दिएको छ।

अब सुवेन्दुको सुरक्षामा सीआरपीएफका जवान तैनाथ रहेछन्।. यसभन्दा अघि सुवेन्दु अधिकारीले राज्य पुलिसको जेड श्रेणीको सुरक्षा छोड़ेका थिए।

यसपछि आईबीले उनको सुरक्षालाई लिएर गृह मन्त्रालयलाई रिपोर्ट बुझाएको थियो।

यो रिपोर्टपछि नै सुवेन्दु अधिकारीलाई केन्द्रिय मन्त्रालयले जेड श्रेणीको सुरक्षा प्रदान गरेको हो।

उल्लेखनीय छ, केही महिनायता तृणमूल कङ्ग्रेसविरुद्ध विद्रोही देखिएका सुवेन्दु अधिकारीले मन्त्री पद अघिबाटै छोड़िएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here