भोलि दार्जीलिङमा विमल गुरुङको जनसभा, तयारी युद्धस्तरमा

0
949

दार्जीलिङ, 19 दिसम्बरः दार्जीलिङ विमल गुरुङको जनसभाका लागि तयार बन्दैछ। यसैका लागि यहाँको मोटर स्ट्याण्डमा मञ्च निर्माणको कार्य तीव्र गतिले अघि बढ़िरहेको छ भने विमल गुरुङपन्थी गोजमुमो समर्थकहरूमा निकै जोश र उत्साह देखिँदैछ।

भोलि 20 दिसम्बरको दिन यहाँको मोटर स्ट्याण्डमा विमल गुरुङको जनसभा हुने पक्का भएको छ, जसमा व्यापक सङ्ख्यामा समर्थकहरूको सहभागिता रहने विषयलाई ध्यानमा राखेर पार्टीले ट्राफिक पुलिसद्वारा व्यवहारमा ल्याइने प्रत्येक नियमलाई पालन गरिदिने पार्टी समर्थकहरूलाई निर्देश दिएको छ।

विमलपन्थी गोर्खा जनमुक्ति मोर्चा दार्जीलिङ महकुमा समितिका प्रमुख संयोजक तिलकचन्द रोकाले भोलिको जनसभाका लागि पालन गर्नुपर्ने नियमावली सार्वजनिक गरेका छन्।

उनले बताएअनुसार, जनसभामा आउने प्रत्येक गाड़ीले पार्टीको झण्डा लगाउन अनिवार्य छ। झण्डा नलगाएको गाड़ीलाई पुलिस प्रशासनले पार्किङको स्थान दिनेछैन।

यसैले पार्किङको सुविधा प्राप्त गर्नका लागि पनि जनसभामा आउने प्रत्येक गाड़ीमा पार्टीको झण्डा लगाएको हुनपर्छ।

यसरी नै यस जनसभामा आउने प्रत्येक गाड़ीले आज 19 दिसम्बरकै दिन पेट्रोल वा डीजल भर्नुपर्नेछ।

यसका साथै जनसभामा आएका गाड़ी चालकहरूले गाड़ीको अघिल्लो ऐनामा आफ्नो मोबाइल नम्बर लेखेर टाँस्नुपर्ने पनि पार्टीले निर्देश दिएको छ।

यति मात्रै होइन, गाड़ी चालकहरूले आ-आफ्नो मोबाइल फोन अन राख्नुपर्नेछ। ताकि कुनै समस्या भए गाड़ी चालकलाई फोन गर्दा फोन लाग्न सकोस्।

स्मरण गराइन्छ, 3 वर्षसम्म भूमिगत बसेर गत 21 नोभेम्बरका दिन मात्रै कलकत्तामा देखा परेका विमल गुरुङले हालसम्म तराई अनि डुवर्सका विभिन्न स्थानमा मात्रै जनसभाहरूका आयोजन गरिरहेका थिए। तर अब उनले भोलि डेढ़ तीन वर्षपछि दार्जीलिङको मोटर स्ट्याण्डमा जनसभा गर्ने भएका छन्।

यो जनसभापछि विमल गुरुङ स्थानीय पत्ताबुङ गेस्ट हाउसमा केही दिनका लागि बस्ने भएको पार्टीले अघिबाटै बताइसकेको छ।

पत्ताबुङ गेस्ट हाउस जीटीएमा उनकै कार्यकाल रहँदा निर्माण भएको थियो भने हाल यो गेस्ट हाउस जीटीएको पर्यटन विभागको अधीनमा छ, जहाँ उनले आगामी केही दिन बिताउने भएका छन्। पत्ताबुङ विमल गुरुङको जन्मथलो पातलेबासदेखि नजिकै हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here