विमल मार्का तालिबानी हामी कदापि सहन गर्नेछैनौँ: विनय

0
1313

दार्जीलिङ, 20 दिसम्बरः आज स्थानीय मोटर स्ट्याण्डबाट प्रमुख विमल गुरुङ दिएको भाषणमाथि तीखो प्रतिक्रिया व्यक्त गर्दै विनय तामाङले ‘विमल पहिलाकै मनोवृत्ति बोकेर पहाड़ चढ़ेको’ बताएका छन्।

विमलको जनसभा सकिएलगत्तै विनयले प्रतिक्रिया व्यक्त गर्दै यस्तो बताएका हुन्।

उनका अनुसार विमल गुरुङले बोक्ने सबै मूल्य अगणतान्त्रिक छन्।

‘2017-मा हामीले उनको यही मनोवृत्ति र मूल्यहरूको विरोध गरेका थियौं। यही कारण ऊदेखि हामी छुट्टिएका थियौँ। पहाड़मा हाम्रो पदार्पणपछि गणतन्त्र बहाली भएको थियो’, तामाङले थप भनेका छन्, ‘पहाड़मा विपक्षीहरूले राजनैतिक कार्यक्रम गर्न पाउँछन्, त्यसैले विमल गुरुङ आज पहाड आउनु सके, जबकि विमल गुरुङले सुवास घिसिङको पत्नीको पार्थिव शरीरसम्म पहाड़ ल्याउन दिएका थिएनन्।’

यसैबीच, सुरक्षा र कानून राज्यको विषय भएकाले राज्य सरकारले आज विमल गुरुङको दिएको भाषणलाई आफ्नो संज्ञानमा राख्नुपर्ने पनि उनले बताएका छन्।

‘मैले सदैव पहाड़को जनताका लागि नै काम गरे। र भविष्यमा पनि गरिरहनेछु। ममता ब्यानर्जीले 2011-मा राज्यको बागडोर सम्हालेपछि पहाड़मा गणतन्त्र स्थापना भएको हो। तर, विमल मार्का तालिबानी हामी कदापि सहन गर्नेछैनौँ। यदि उ मेरो हत्या गर्न खोज्छ भने पनि म पहाड़मै रहनेछु’, विनय तामाङले थप भनेका छन्, ‘विमल गुरुङले लगाएका आरोपहरूले उसलाई पनि सताइरहनेछ, कारण म उजस्तो 2017-मा राज्य सरकारले अडिट गर्न खोज्दा नक्कली आन्दोलन गर्न लगाउने व्यक्ति होइन।‘

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here