विभिन्न माग लिएर नवीन किरणको एकदिने धरना कार्यक्रम सम्पन्न

0
945

गान्तोक, 20 दिसम्बरः सरकारी नोकरीमा 16 सय जनाको कथित गैर-कानुनी नियुक्ति खारेज गर्नुपर्ने, वान फेमिली वान जबका कर्मचारीहरूलाई स्थायी गरिनुपर्ने र एसकेएम पार्टीले चुनाउ घोषणा-पत्रमा गरेका वाचाहरू पूरा गर्नुपर्ने आदि मागहरू लिएर सिक्किम सब्जेक्ट कमिटीका उप-संयोजक नवीन किरण प्रधान आज जिल्लापाल कार्यालय अघि एकदिने धरनामा बसे।

उनीसँग उनका केही सहयोगी पनि धरनामा सहभागी बनेका थिए।

प्रधानले यी मागहरूका साथ धरनामा बस्ने पहिलै घोषणा गरेका थिए।

धरनामा सहभागी प्रदर्शनकारीहरूले विभिन्न माग र नारा लेखिएका प्ला-कार्ड हातमा लिएका थिए, जसमा भाइभतिजावाद बन्द गरिनुपर्ने, शिक्षित युवाहरूले समान अधिकार पाउनुपर्ने, भ्रष्टाचारको जाँच गर्न सीबीआई भित्र्याउनुपर्ने, लेबर कन्ट्रयाक हटाइनुपर्ने, लिम्बू-तामाङको सीट आरक्षण गरिनुपर्ने र उपचारको क्रममा मृत्यु भएकी गीता राईले न्याय पाउनुपर्ने जस्ता मागहरू लेखिएको थियो।

अर्कोतिर, लिम्बू-तामाङ समुदायको जनजाति आसन आरक्षणको माग लिएर आज लिम्बू-तामाङ भोलेन्टरी कमिटीले नवीन किरण प्रधानको धरना प्रदर्शनीमा सहभागिता जनायो।

कमिटी-का अध्यक्ष येहाङ चोङ साथै अन्य सदस्यले धरनामा सहभागिता जनाएको प्रचार सचिव दीपक तामाङद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

पछिल्लो चुनाउमा प्रमुख चुनावी मुद्दा बनाएको एसकेएम पार्टीको सरकारले एलटी सीटलाई लिएर अहिलेसम्म स्पष्ट अड़ान नलिएको आरोप लगाउँदै कमिटीले खोइ एलटी सीट भन्दै एसकेएम सरकारलाई प्रश्न तेर्साएको छ।

अर्कोतिर वान फेमिली वान जब र कथित् 16 सयजनाको नियुक्ति दुवै गैर-कानुनी हो भन्दै दुवैलाई खारेज गर्नुपर्छ भन्ने कमिटीको अड़ान रहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here