गान्तोक, 20 दिसम्बरः राजधानी गान्तोकदेखि भारत-चीन सीमातर्फ जाने जे.एन. रोडको 17 माइलमा सड़क दुर्घटनामा परेर चारजना सैनिक जवानको मृत्यु भएको घटना प्रकाशमा आएको छ।
यो घटना आज बिहान साढ़े दश बजीतिरको भएको बताइएको छ।
जानकारीका अनुसार सेनाको वाहन हिउँमा चिप्लेर सड़क मुनि झर्दा यो दुखद घटना भएको हो।
पूर्व जिल्लाका पुलिस अधीक्षक डा. शिव प्रसाद यल्लासरीले यस घटनाको पुष्टि गरेका छन्। दुर्घटनामा परी गम्भीर घाइते बनेका एकजना सैनिकलाई उपचारका लागि कोलकाता पठाइएको छ।