गान्तोक, 23 दिसम्बरः मुख्यमन्त्री पीएस गोलेले पछिल्लो 29 अगस्तको दिन नेशनल स्पोर्ट्स डेको अवसरमा घोषणा गरेअनुसार खेलकुद तथा युवा मामिला विभागको तत्वावधानमा आजदेखि राज्यका सबै जिल्ला र वार्डमा वान माइल गोल्डन रन कार्यक्रम शुरू भएको छ।
रन विथ पर्पोज-को नारामा आयोजित यस कार्यक्रमको उद्देश्य 14 वर्षभन्दा कम उमेरकाहरूलाई खेलकुद र स्वास्थ्यप्रति जागरुक गराउनु रहेको छ।
आजदेखि शुरू भएको कार्यक्रम आगामी हप्तादेखि प्रत्येक शनिवार आयोजना गरिने बताइएको छ।
यसै क्रममा आज दक्षिण जिल्लाको मुख्यालय नाम्चीमा पनि यो कार्यक्रम आयोजन गरियो।
नाम्ची खण्ड प्रशासनिक केन्द्रअन्तर्गत आयोजित यो कार्यक्रमको स्थानीय सेन्ट्रल पार्कमा सत्तारुढ़ एसकेएम पार्टीका क्षेत्र प्रभारी गणेश राईले फ्ल्याग अफ गरे।
यस दौड़मा स्थानीय विभिन्न विद्यालयबाट 85 जना विद्यार्थीले सहभागिता जनाएका थिए।